काठमाडौं, ३१ असार । मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय अनुसन्धान विभागमा तीन महिना देखि रिक्त अतिरिक्त रहेको मुख्य अनुसन्धान निर्देशक पदमा ६ दिनको लागि कुलदेव थापालाई बढुवा गरेको छ ।
शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।
थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदका लागि अनुसन्धान निर्देशक हुतराज थापा, हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाल प्रतिष्पर्धामा थिए । उनीहरु १४ भदौ २०७४ मा अनुसन्धान निर्देशक पदमा बढुवा भएका थिए ।
मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएपनि उनले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते नियमित रुपमा अवकाश पाउने छन् । राअविका हालका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुप्तचरको भावी नेतृत्वलाई पनि प्रभाव पार्ने भएकाले गुप्तचरमा अतिरिक्त अनुसन्धान निर्देशकको एक दरबन्दी थप गरेर दुईजनालाई बढुवा गर्ने तयारी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन