चीनले गोरखाको नोम्यान्स ल्याण्डमा तारबार लगायो

354 Shares

गोरखा ः गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ रुइला नाकामा चीनले एकतर्फी रुपमा १५० मिटर लामो तारबार लगाएको छ ।
एपीले प्रकाशित गरेको प्रतिवेदनमा सीमामा संरचना निर्माण गर्दा पालना गर्नुपर्ने कुनै पनि मापदण्डको पालना नगरी तारबार निर्माण गरिएको उल्लेख हो ।
यसबारे न परराष्ट्र मन्त्रालय, न जिल्ला प्रशासन कार्यालयलाई जानकारी नै रहेको प्रतिवेदनमा उल्लेख छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थानीय प्रशासनलाई यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।
परराष्ट्र मन्त्रालय समेत तारबारबारे अनभिज्ञ देखिन्छ ।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रीता धितालले नोम्यान्स ल्यान्डमा कुनै संरचना नबनाउने व्यवस्था भएकोमा चीनले तारबार लगाएको सुनिएको बताए ।
‘हामीलाई थाहा भएसम्म रुई नाका एक दशकभन्दा बढी भइसक्यो,’ उनले भनिन् ।
उनका अनुसार सीमा स्तम्भभन्दा बाहिरको नो–म्यान जग्गा क्षेत्रमा तार वा कुनै संरचना निर्माण गर्दा द्विपक्षीय सम्झौता आवश्यक हुन्छ ।
स्थानीय चिरिङ लामाका अनुसार रुइला नाकामा तारबार लगाइएको एपी रिपोर्टले जनाएको छ ।
चीनले नोम्यान्स ल्यान्डमा तार लगाएपछि जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा दुईतर्फी आवतजावत बन्द भएको लामाले बताए ।
चीनले तारबार लगाएपछि दैनिक उपभोग्य वस्तु ल्याउन समस्या भएको स्थानीयको गुनासो छ ।
स्थानीयलाई उद्धित गर्दै चिनियाँ पक्षले गेटमा ताला लगाएको एपीले जनाएको छ ।
अर्कोतर्फ गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दुई सीमा क्षेत्रमा तारबार लगायतका संरचना निर्माण गर्दा दुई देशबीच सहमति हुनुपर्ने तर्क गर्छन् ।
सीमाविद् बुद्धनारायण श्रेष्ठले पनि नो म्यान्स ल्याण्डभित्र संरचना निर्माण गर्दा दुई देशबीच सहमति हुनुपर्ने बताएको एपी प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार