रौतहट, १ साउन । वागमती, लाल बकैया, चाँदी, धनसार लगायतको खोलाबाट उत्खनन गरेर अनाधिकृत रुपमा भण्डारण गरिएका खोलाजन्य बस्तुहरु विना स्टक प्रमाणि गराएर धमाधम चर्को मूल्यमा विक्री वितरण गरिरहेको पाइएको छ ।
स्थानीय तहले ठेक्का लगाएर चाहिने क्वान्टीटी भन्दा बढि मेशिनको प्रयोग गरेर उत्खनन गरी खोला छेउमै, बाध किनारमै, क्रशर उद्योगमै, नगरपालिकाको कार्यालय छेउमै जथाभावी रुपमा भण्डारण गरेको हो ।
खोलाजन्य बस्तुमा बालुवा, गिटी, ग्राभेल सहितका सामग्रीहरु असार महिना सुरु हुनु अगाडी अनाधिकृत रुपमा भण्डारण गरिएका थिए । भण्डारण गरिएका खोलाजन्य बस्तुहरुको स्टक प्रमाणित गरेर मात्रै विक्री वितरण गर्ने प्रावधान रहेको छ । जिल्ला अनुगमन समितिका संयोजकको रुपमामा जिल्ला समन्वय समितिको प्रमुखलाई अधिकार दिइएको छ तर जिल्ला अनुगमन समितिका पदाधिकारीहरु स्टक प्रमाणित गराउने तर्फ खासै किन ? ध्यान नदिएको होला यो सोचनिय विषय भएको स्थानीय बासिन्दाहरु बताउछन् ।
वागमती नदीबाट निकालिएका ग्राभेल, गिटी बालुवा गढीमाई नगरपालिका कार्यालयको छेउमै भण्डारण गरिएको विषयका बारेमा स्थानीय भाग्यनारायण तिवारीले भन्छन् अनाधिकृत रुपमा नगरपालिकाले उत्खनन गर्न लगाएको र सो वापत आर्थिक चलखेल गरेको गम्भीर आरोप लगाए । दिनेश साह सहितका केही खोला माफियाहरुको कारण खोलाको सतह अहिले बाँध छेउमा आइसेको छ, मापदण्ड विपरित मेशिनको प्रयोगबाट उत्खनन गर्दा अहिले यस भेगको बस्तीहरु बाढी आएपछि जोखिममा पर्ने गुनासो गरे ।
साह, रामबाबु यादव सहितका व्यक्तिहरु गढीमाईको विभिन्न स्थानमा भण्डारण गरेको छ भने वृन्दावनको रमौलीमा बाँध भन्दा अग्लो पहाड जस्तो बनाएर भण्डारण गरिएका छन् । चन्द्रपुरको वागमतीमा, गुजराको धनसरमा, फतुवा विजयपुरको विभिन्न स्थानहरुमा भण्डारण गरेर राखिएको छ । भण्डारण गरिएका खोलाजन्य बस्तुहरु अहिले मनोमानी रुपमा विक्री गरिरहदापनि नियमनकारी निकाय सुस्त अवस्थामा छन् ।
यस्तै अबैध रुपमा संचालनमा रहेका क्रशर उद्योगहरुमा त्यतीकै भण्डारण छन् तर जिल्ला अनुगमन समितिलाई कुनै वास्ता नै छैनन् । जिल्ला अनुगमन समितिका अन्य पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी देखि लिएर सुरक्षा निकायका सबै पदाधिकारीहरु हुन्छन् तर उहाँहरु खोलाजन्य बस्तुको स्टक माथि किन निगरानी दिनु भएन भने बुझ्नै गाहे विषय रहेको स्थानीयहरुको भनाई रहेको छ ।