दुई महिना अघि रामको हत्या गरेको आशंकामा युवक बिन पक्राउ

   ३ फाल्गुन २०७७, सोमबार १५:४३  

रौतहट, ३ फागुन । दुई महिना अघि गाउँ घरमा नाँच गर्ने कलाकारलाई हत्या गरेको आशंकामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मंसिर १४ गते माधवन नारायण नगरपालिका ५ मिठुअवाका ४५ बर्षिय दशैं रामको हत्या गरेर फालिएको अवस्थामा शव छिमेकी गाउँ विसुनपुर्वा मानपुर गाउँ बाहिर फेला परेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सोही नगरपालिका वडा नम्वर ४ को २४ बर्षिय रामु मुखिया विनलाई पक्राउ गरेको हो ।
गाउँ घरमा लवण्डा नाँच गरेर जिवकोपार्जन गर्दै आएका कलाकार रामको हत्या भएको समय देखि लुकीछिपी भारत र नेपालको सिमा क्षेत्रका विभिन्न गाउँहरुमा बसिरहेको मुखिया बिनलाई रौतहट प्रहरीले कटहरिया बजारबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
कलाकार रामको हत्या गरिएको आशंकामा पक्राउ परेका युवक बिनलाई प्रहरीले जिल्ला अदालत गौरमा पेश गरी दश दिनको म्याद थप गराएर अनुसन्धान अगाडि बढाएको इप्रका गरुडाको डिएसपी रबी राबलले बताए ।
मंसिर १४ गते राति कलाकार राम र युवक बिन बाहिरबाट घर आएको तर रातिको समय भएको हुँदा युवकलाई विसुनपुर्वा मानपुर जान डर लागिरहेको हुँदा पुर्याइदिन अनुरोध गरेपछि उनलाई पु¥याउन गएको रामको भोली पल्ट बाँसघारीमा शव फेला परेको उनको परिवारजनले प्रहरीलाई दिएको उजुरी पछि अनुसन्धान गर्दै जाँदा प्रहरीले युवकलाई निकै प्रयास पछि नियन्त्रणमा लिन सफल भएको डिएसपी राबलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै