यीतेन्द्र शर्मा
बलूच मानव अधिकार परिषदकाकार्यकारी अध्यक्ष डा. नसीर दस्तीले पाकिस्तान अमृतपूर्व अस्तित्वको संकटको गुज्रिरहेको दाबी गरेका छन् । पश्चिमा मुलुक संगको पाकिस्तानको सम्बन्धबारे बलूच समाचारले सोधेको प्रश्नको जवाफमा उनले पश्चिमले ७५ वर्षदेखि पाकिस्तानलाई टिकाई राखेको भएपनि अब टिकाउन सकने अवस्थामा नरहेको दाबी गरेका छन् । पाकिस्तानबाट स्वतन्त्रताको लडाई गरिरहेका बलूच नेताले पश्चिमलाई पाकिस्तानको आवस्यकता पर्दा सेन्ट्रल ट्रिटी अर्गनाइजेशन (सेन्टो) र दक्षिण पूवी एसिया सन्धी संगठन (सियाटो) मा समाबेश गरिएको थियो तर अहिले पश्चिमाको निम्ती पाकिस्तानको उपादेयता समाप्त भईसकेको दाबी गर्दे उनले पश्चिमले अहिले भारत सित विभिन्न तरिकाले तालमेल गर्न थालेको र यस दिशामा सवै थोक सहज रुपमा यसरी नै बढदै गयो भने उनिहरुलाई अब पाकिस्तानको आवस्यकता पर्ने छैन । पकिस्तान पतनको कगारमा उगिसकेको छ ।
बलुच समाचारका अनुसार दस्तीले विभिन्न राष्ट्रलाई समेटने राजनितिमा धर्म कहिले बाध्यकारी नरहेको बताए । पाकिस्तानका सिन्धीहरु, बलोचहरु र पस्तुनहरु सत्ताधारी पंजाबी, मुसलमानहरु सित मिल्दैनन । तिनीहरु आफुलाई बेग्लै राष्ट्र ठान्दछन् । पाकिस्तानी सेना सित लडने साहश उनीहरुमा नरहेको भन्दै उनले लामो संघर्ष र बाह्रय समर्थन वाट मात्रै यो सम्भव हुनसक्ने विश्वास व्यक्त गरे । पश्चिमा करदाताहरुले पनि अब पाकिस्तानलाई बढी सहयोग गर्न नसकने भन्दै उनले आफुले स्वतन्त्रताको आन्दोलन अपेक्षाकृत कमजोर भएतापनी दिशाहिन नरहेको दावी गर्दै अफगानिस्तानमा मित्रता, सत्रुता, लडाई, बल , गुजाहिदिन , तालिवान र हतियार सवै बिक्रीका लागी रहेको दाबी गरे ।
चिनबारे बोल्दै उनले जनताले सोचे जस्तो शक्तिशाली चिन नरहेकोले पश्चिमालाई चिनले जितन नसकने दाबी गरे । चिन सैन्य रुपमा शक्तिशाली होइन । चिनको बल भनेको युरोप र अमेरिकामा सस्तो सामान बेचनु हो । चिनिया शक्ति सोभियत संघको पतन पछि पश्चििमी स्थापनाको एक वर्गले आफनो शिक्षा विद्ध मार्फत सृजना गरेको मिथक हो भन्दै चिन सैन्य रुपमा महा शक्ती राष्ट्र होइन, अहिले पनी रणनितीक, सामाजिक र आर्थिक रुपमा पशिचमाहरुको प्रभाव रहेको छ । व्यपारमा पनि पश्चिमाहरु नै हाबी छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन