सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा रक्तदान कार्यक्रम आयोजना

636 Shares

काठमाडौं, ३ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ बर्ष पुरा गरेर २७ औं बर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।
सगरमाथा इन्स्योरेन्स कम्पनी २६ बर्ष पुरा गरेर २७ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा संघिय राजधानी काठमाडौं नक्साल स्थित प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेर भव्य रुपमा बार्षिकोत्सव मनाइएको हो ।
रक्तदान कार्यक्रममा ३९ जनाले आफनो रगत दान गरेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सबै प्रति धन्यवाद ज्ञापन गर्दै सगरमाथा इन्स्योरेन्सको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार