नेपाल भारतको सीमावर्ती क्षेत्रका गाउँहरुमा रहेका जनताहरु एक आपसमा खुशी साटासाट गरेर बस्दै आएको थुप्रै उदाहरणहरु भेटिन्छ । एक ठाउँमा बसेपछि कहिले तितो मिठो घटनाहरु भएपनि आपसी भाईचारा कायम गरेर बसोबास गर्नेहरुको उदाहरण यतिखेर पश्चिम नेपालको कञ्चनपुर जिल्ला महाकाली पारी गाउँको जनताहरु प्रेरणाको श्रोत बनेको छ ।
पश्चिम नेपालमा पर्ने कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको नेपाली गाउँका बासिन्दाहरु र सोही स्थानमा बसोबास गर्ने भारतीय जनताहरु विच एक आपसमा खुशी साटासाट गरेर पर्व त्यौहार मनाउने गरेको हो ।
घरमा ब्रतबन्ध, विवाह, लगायत अन्य कुनै उत्सव हुँदा नेपालीको घरमा भारतीय र भारतीयको घरमा नेपाली नागरिकहरु उपस्थित भर्ई उत्सवलाई सामुहिक रुपमा मनाउने गर्दा आपसी भाईचारा एवं असल मित्रको सम्बन्ध प्रगाढ भईरहेको नेपाली क्षेत्रको नागरिकहरु बताउँछन् ।
महाकाली पारीको नेपाली बासिन्दाहरुको अनुसार हामीहरु त्यहाँ पुगेपछि मात्रै उत्सवहरुको सुरुआत हुने गरेको छ । हामीहरुलाई आवश्यक पर्ने खाद्यान्न सामग्रीहरु सजिलै भारतबाट ल्याएर आफनो गर्जलाई पुरा गर्ने गरेका छौं, त्यसमा कुनै रोकटोक नरहेको महिलाले बताइन् । सिमा क्षेत्रको अन्य स्थानहरु भन्दा हामीहरु अत्यन्तै मिलेर बसेका छौं, हामीहरुलाई पैसा लगायत अन्य सामानको आवश्यक्ता परेको खण्डमा भारतीय नागरिकहरुले पुरा गर्ने गरेको पछि विना व्याज फिर्ता गर्ने गरेका छौं, हामी विगत १० बर्ष देखि हाम्रो असल छिमेकीको सम्बन्ध कायम गर्न सफल भएको छौं उनले भनिन ।

भनिन्छ कि, नेपाल भारत विच आज सम्बन्ध नभई परापुर्व कालको सम्बन्ध हो । रामायणकालमा भगवान रामको माता जानकी संग विवाह भएको सम्बन्ध छ, ऋषीमुनीहरुको तपोभुमि देखि लिएर भगवान गौतम बुद्ध ज्ञान प्राप्त गरेको सम्म इतिहास विश्व समुदाय समक्ष छलंग छ । तथापी यदाकदा सिमा क्षेत्रको विषयलाई लिएर कहिले काँही मनमुटाव वा सामान्य झड्प भएपनि नेपाल भारतका जनताहरु एक आपसमा सौहादर्यपूर्ण वातवरण बस्न रुचाउँछन, किन भने एक असल मित्रले अर्को मित्र प्रति देख्ने दृष्टिकोर्ण नै फरक हुन्छन् त्यसै हुनाले महाकाली पारीको गाउँका बासिन्दाहरु भारतीय बासिन्दाहरु संग मिलेर असल मित्रव्रत व्यवहार गर्दै बसेको उदाहरणबाट अन्य क्षेत्रमा पनि सोको राम्रो प्रभाव पर्ने देखिन्छन् ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन