दुई सहकारी संस्थाका चार जनाले जनही २५ हजार धरौटीमा रिहा भए

   २० श्रावण २०७७, मंगलवार ११:३९  

रौतहट २० साउन । रौतहटको दुई वटा सहकारी संस्थाका चार जनाले जनही २५ हजारका दरले धरौटी बुझाएर रिहा भएका छन ।
मलखाद कालोबजारीको आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम उनीहरुले बुझाएका हुन । धरौटी रकम बुझाउनेमा सृजनसिल युबा कृषि सहकारी संस्था लिमिटेडका ब्यबस्थापक ओम प्रकाश घिमिरे, उन्नतीशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरु लक्ष्मि बिक, रजना बिष्ट र अप्सरा कार्की रहेका छन ।
प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले धरौटीमा रकम माग गर्ने निर्णय गर्दा उनीहरु धरौटी रकम बुझाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । नेपाल सरकारको अनुदानको मल सहकारी संस्थाका संचालक समितिका पदाधिकारी सहितका सदस्यले ब्यबसायी मार्फत कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा मुद्दा दर्ता भएपछि उनीहरु संग धरौटी रकम माग गरिएको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कालोबजारी तथा सामाजिक अपराधमा अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय रौतहटमा मुद्दा दायर गरेका थिए । उनीहरु सहित नेपाल कृषी सामग्री कम्पनी लिमिटेडका प्रमुख रबी केशरी लगायत २५ जना माथि सो मुद्दा दर्ता भएको थियो ।
रौतहटका १ सय ३२ वटा सहकारी संस्थाले नेपाल कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुर बाट मलखाद खरिद गरेपनि ती सबै सहकारी संस्थाले सहुलियत दरमा किसान लाई मल बिक्री नगरेको स्थानीयको भनाई रहेको छ । किसानहरुले ती सबै सहकारी संस्थाको मलखादको कारोबारको छानबिनको माग राखेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै