काठमाडौं, ४ साउन । संघिय साँसद अनिलकुमार झाले प्रतिनिधि सभामा विशेष समय लिएर तराई मधेशको जिल्लाहरुमा धान रोपाईको सिजनमा सुख्खाको अभावमा किसानहरु वेहाल रहेको अवस्थामा नेपाल सरकारले राहतको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद झाले बुधवार प्रतिनिधि सभामा विशेष समय लिएर तराई मधेशका जिल्लाहरुमा ५० प्रतिशत मात्रै धान रोपाई हुन सकेको छ । झण्डै ५० प्रतिशत धानको रोपाई हुन बाँकी रहेको छ । रोपाई भएको धान खेतमा पानीको अभावमा धजा धजा फाटिसेको छ र सुकेर पहेलो हुँदै गएको सदनलाई जानकारी गराए ।
चुरे, खोलाको दोहनले गर्दा वातावरणमा आएको परिवर्तनको कारण अकाशे पानी पर्न सकेको छैनन् । सुख्खाको कारण कतिपय किसानको घरमा रहेको चापा कलमा पानीको लेयर निकै तल गएपछि पानी आउन छाडेको अवस्था छ । डिजेलको अभाव, मलखाद्यको चरम अभाव, महगो पानी आदीले गर्दा किसानहरुलाई निकै समस्याहरु सृजना भएको छ ।
छिमेकी मुलुकहरुमा किसानहरुलाई लगानी अनुसारको प्रतिफल नआउदा आत्महत्या गरेको कारण उक्त रोग हाम्रो तिर सरेर आउन समय लाग्ने छैन भन्न किन्न । मधेश सहित देशभरीको किसानहरु पिडित रहेको हुँदा नेपाल सरकार समयमा सचेत हुनुपर्ने कृषि मन्त्री गम्भीरता पूर्वक लिनुपर्छ उनले भने । जलवायु परिवर्तनको कारण हिमतालहरुको अवस्था खराव छ, चुरे दोहन लगायतको कार्यबाट किसानहरु मर्कामा परिरहेको हुँदा नेपाल सरकारले नेपाली किसानको पक्षमा ठोस राहतको प्याकेजको घोषणा गरेर राहत दिनुपर्नेमा जोड दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन