नयाँ दिल्ली । संकटको सामना गरिरहेका अफगानिस्तानलाई भारतले ६ टन चिकित्सा सामग्री उपलब्ध गराईको छ ।
भारतले अफगानिस्तानलाई थप ६ टन बराबरको चिकित्सकीय सहायता उपलब्ध गराएको छ । भारतले अफगानिस्तानतर्फ सातौँ चरणको सहायता आपूर्ति गरेको हो ।
सातौँ चरणसम्म आइपुग्दा भारतले हालसम्म २० टन बराबरको सहायता उपलब्ध गराइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
काबुलस्थित इन्दिरा गान्धी अस्पतालमा अफगानिस्तानलाई सहायता हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
‘अफगान जनतालाई सहायता प्रदान गर्न संयुक्त राष्ट्रसंघले जारी गरेको अपिललाई मध्यनजर गर्दै भारतले सात चरणमा गरी हालसम्म २० टन सहायता उपलब्ध गराएको छ ।’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतद्वारा प्रदान सहायतामा अत्यावश्यक औषधि, क्षयरोगविरुद्धको औषधि ५ लाख डोज कोभिड खोप लगायत समेत रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन