श्रीलंका संकट सम्बन्धमा भारतमा सर्वदलीय बैठक

378 Shares

नयाँ दिल्ली । श्रीलंका संकटबारे भारतमा गत मंगलवार सर्वदलीय बैठक को आयोजना गरियो ।
तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको थियो ।

अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् ।

आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छिमेकी देशको संकटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो ।

विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म संकटमा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको छैन् । भारतले श्रीलंकालाई प्रजातन्त्र, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सहयोग गरिरहने बचन दिएको छ ।

गत साता चर्को विरोधबीच गोटावाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए । श्रीलंकाको संसदले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ ।

श्रीलंकाको विरोध आन्दोलन आइतबार सयौँ दिनमा पुगेको छ । प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन् । देशका २ करोड २० लाख मानिसहरूलाई खाना, इन्धन र औषधिको अभाव झेल्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार