भारतबाट सहज रुपमा आपूर्तिका लागि कृषि मन्त्री तथा भारतीय रावदूत विच भेटघाट भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव बीच मन्त्रालयमा भेटवार्ता भएको छ ।
सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।
त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
सो क्रममा नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैसी आयात, उखु तथा कफीको ग्रेमप्लज्म आयात, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रण लगायतका विषयमा पनि कुराकानी भएको कृषि मन्त्रालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन