219
Shares
नयाँ दिल्ली । विभिन्न समयमा साना हतियारको कारण अपराधिक गतिविधिमा वृद्धि हुन थालेपछि भारत सरकारले अबैध साना हतियारको व्यापार माथि अंकुश लगान यथोचित कदम उठाउने भएको छ ।
आतंकवादको जोखिम बढेको भन्दै भारतले साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान गरेको हो । हालै अमेरिकाको न्युयोर्क शहरमा आयोजित साना हतियारको रोकथाम नियन्त्रण एवम् निर्मूलनका लागि आयोजित सम्मेलनमा भारतले यस्तो आह्वान गरेको छ । यसका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको कार्ययोजनाको पालना गर्नमा भारतले जोड दिएको छ ।
भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतले यस्तो कार्ययोजनाको पालनाका लागि अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको आवश्यकता रहेकोमा जोड दिए । भारतले साना हतियारको अवैध व्यापारलाई नियन्त्रणका लागि संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याएको एएनआईले जनाएको छ ।