चार दिने निशुल्क आँखा शिविर गौरमा सुरु

   ५ फाल्गुन २०७७, बुधबार १४:०१  

रौतहट, ५ फागुन । गरिव, असहाय एवं निमुखा समुदायको महिला एवं पुरुषहरु आर्थिक अभावमा आँखाकोे समुचित उपचार गराउन नसक्सदा उनीहरुको घरदैलोमा उपचारको व्यवस्थापन गर्ने उद्देश्यबाट सुदर्शन आई केयर अस्पताल तथा अमृत फाउण्डेशनले शिविर संचालन गरेको छ ।
सुर्दशनआई केयर अस्पताल गौर तथा अमृत फाउण्डेशनको संयुक्त आयोजनामा रौतहट गेमर्स नामक संस्थाद्धारा गौर नगरपालिका वडा नम्वर १ मा चार दिन सम्म संचालन गरिएको हो ।
उक्त संस्थाद्धारा आयोजना गरिएको शिविरलाई एक औपचारिक कार्यक्रमको विच उदघाटन गदै नेकपा प्रचण्ड नेपाल समुहका प्रदेश कमिटी सदस्य तथा युवा नेता शम्भु साहले आर्थिक अवस्था कमजोर भएको गरिव, दलित, असहाय एवं निमुखा वर्गको जनताहरु सरकारी तथा निजी आँखा अस्पतालमा शुल्क तिरेर आँखाको उपचार गराउने अवस्था नरहदा उनीहरुकै घरदैलोमा शिविरको माध्यमबाट उपचारको व्यवस्थापन गरिएकोमा आयोजक संस्थालाई धन्यवाद दिए ।
आर्थिक आभावका कारण लामो समय देखि आँखाको उपचार गराउनबाट वञ्चित रहेका सर्वसाधारणहरुलाई मुख्य रुपमा लक्षित गर्दे शिविर सञ्चालन गरेको नेकपा प्रचण्ड नेपाल समूहका युवा नेता तथा वडा नंं १ का वडा अध्यक्षको प्रत्यासी लालबाबु जयसवालले बताए । शिविर सञ्चालनको पहिलो पहिलो दिन २ सय र दोश्रो दिन १५० जनाले आँखाको परिक्षण गराएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै