नगरपालिका भवन, विद्यालय र मन्दीरको पक्कि भवनको शिलान्यास गरे ः मेयर मेहताले

520 Shares

रौतहट, ५ फागुन । रौतहटको इशनाथ नगरपालिकामा प्राप्त भएको विकास बजेटको रकमबाट नगरपालिका भवन, विद्यालय र मन्दिर निर्माणको लागि पक्किी भवनको शिलान्यास गरिएको छ ।
इशनाथन गरपालिका प्रमुख सन्तोषकुमार मेहताले बसन्त पञ्चमीको अवसर पारेर एकै दिन नगरपालिका भवन, विद्यालय तथा मन्दिरको पक्कि भवन निमार्णको लागि शिलान्यास गरेको हो ।
इशनाथ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामकैलास राउतले तीन अघि नगरपालिका भवन निमार्णको लागि तीन कट्ठा जग्गा निशुल्क रुपमा उपलब्ध गराए पछि प्रमुख मेहताले नगरपालिका भवनको शिलान्यास गरेका छन् । भण्डै ५ करोड रुपैयाको लागतमा निमार्णको लागत रहेको नगरपालिका भवनमा नगरसभाबाट ६५ लाख रुपैया बिनियोजन गरी टेण्डर आह्वान गरिसकेको मेयर मेहताले जानकारी दिए ।
एक साता भित्र निमार्ण कार्य सुरु गरिसकने जानकारी दिदै मेयर मेहताले थप रकमको लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा समन्वय भईरहेको उनले बताए । तीनतल्ले भवनको निमार्ण हुने योजना अनुसार दक्ष जनशक्ति व्यवस्थापन तथा जनताले पाउने काम कारबाही समेत छिटोछरितो हुने मेयर मेहताले विश्वास व्यक्त गरे ।
मेयर पदमा निर्वाचित भए देखिनै आफुले नगरपालिका भवन निमार्णको लागि प्रयासरत रहेको बताउँदै मेयर मेहताले जग्गा आभावको कारण निमार्ण प्रक्रियामा ढिलाई भए पनि तीन वर्ष पश्चात भवन निमार्ण प्रक्रिया अगाडी बढी सकेकोले आफ्नै कार्यकालमा उदघाटन समेत गर्ने लक्ष्य रहेको बताए ।
यस्तै सोही नगरपालिका अन्र्तगत वडा नम्बर ८ मन्सरीमा रहेको रइस प्राथमिक विद्यालय तथा इशनाथ नगरपालिका ९ स्थित लवतना चौकमा हनुमान मन्दिरको शिलान्यास गर्दे मेयर मेहताले भने विरोधीहरुले उडाएको कागजमा अकाशे पुलको विकास नभई जमिन माथि नै विकास गरिने तथा यहाँको जनताहरु नगरपालिका प्रति विकासको कार्यमा साथ दिइरहेको समेत प्रतिक्रिया जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार