नियम कानुन मिच्दै रौतहटको ३ वटा साझेदारी वन

325 Shares

रौतहट, १२ साउन । अबैधानिक तवरबाट रौतहटमा तिन वटा साझेदारी वन उपभोक्ता समिति बर्षौ देखि रहेका छन् ।
प्रत्येक दुई बर्षमा साधारण सभा गरेर उपभोक्ता समिति गठन गर्नुपर्ने कानुनी प्रावधान भएपनि गैरकानुनी तवरबाट पुरानै उपभोक्ता समितिबाट साझेदारी वन संचालन भईरहेको पाइएका हुन् ।
रंगपुर साझेदारी वन, जंगलसहिया साझेदारी वन र रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको अवस्था विजोग रहेपनि त्यसलाई नयाँ ढंगबाट अघि बढाउने कुनै निकायबाट यथोचित पहल नहुँदा नियमकानुन मिच्दै जथाभावि रुपमा संचालनमा रहदा व्यापक रुपमा अनियमितताहरु भईरहेका छन् ।
रंगपुर साझेदारी वन उपभोक्ता समिति गठन भए यता ३ जना अध्यक्ष भए । संस्थापक अध्यक्ष नागेन्द्र यादव प्रदेश सांसद भएपछि सो समितिको अध्यक्षमा उपाध्यक्ष जितेन्द्र चौधरी भए । उनी पनि वडा अध्यक्षमा निर्वाचित भएपछि अशोक यादव रंगपुर साझेदारी वनको अध्यक्ष भएका छन् । अशोक यादवलाई साझेदारी वनको कुन विधानको परिक्षेदलाई टेकेर अध्यक्ष बनाइयो त्यसको अनुसन्धान गरिनुपर्ने विषय बनेको स्थानीयहरु बताउँछन् ।
यस्तै जंगलसहिया साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा रामचन्द्र गिरी स्थापना काल देखीनै अध्यक्ष रहेका छन् । उनी सहित सो उपभोक्ता समितिमा रहेका पदाधिकारी लामो समय देखी समितिमै रहदा पनि त्यसलाई परिमार्जन वा पुन अर्को उपभोक्ता समितिको चयन गर्नुपर्ने त्यसो नभएको पाइएको छ ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासन कालमा देशमै साझेदारी वनको अवधारणा अनुसार रौतहटमा ३ वटा साझेदारी वन उपभोक्ता समिति गठन भएका थिए ।
स्थापना काल देखी नै रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समितिका अध्यक्षमा शंकर राय यादव रहेका । साझेदारी वनको बिधान अनुसार हरेक दुई बर्षमा त्यस साझेदारी वन संग सरोकार राख्ने आम उपभोक्ताहरुलाई भेला गराएर साधारण सभाको माध्यमबाट समिति चयन गर्नुपर्ने कानुनी प्रावधान छ तर रौतहटमा बिधान बिपरित साझेदारी वनमा एउटै समिति २० बर्ष देखी कायम रहेको छ ।
नियम अनुसार साधारणसभा भएर समिति बन्न नसकेको डिभिजन वन कार्यालय रौतहटका साहायक वन अधिकृत रामप्रसाद साहले बताए । नियम कानुन विपरित रौतहटका तीनवटै साझेदारी वन, डिभिजन वन कार्यालयबाट बिभिन्न शिर्षकमा रकम लिएर काम गर्दै आएका छन् । उनीहरुले हालै काठ बिक्रि वितरणको अनुमती लिएर काठ समेत बिक्रि बितरण गरेको बताए ।
तीनै वटा साझेदारी वनले हालै काठ बितरण गर्दा उपभोक्तालाई भन्दा ब्यापारीलाई अनियमित तरिकाले काठ दाउरा बितरण गरेको गुनासो व्यापक रहेको छ । डिभिजन वन कार्यालयलले साझेदारी वन उपभोक्ता समिति माथि लागेको आरोप सम्बन्धमा रंगपुर साझेदारी वनलाई पत्र काटेर स्पष्टीकरण सोधेको डिभिजन वन कार्यालय श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।