रौतहट, १२ साउन । राजदेवी नगरपालिकामा अवस्थित वागमती नदीले जग्गा कटान गर्दै बाँधलाई क्षति पुर्याउन लाग्दा स्थानीय तहको पहलमा बोरा बालुवाको ११ वटा स्पर बनाएर बाँधलाई जोगाउन सफल भएको छ ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ४ र ६ नजिक रहेका वागमती नदीले जग्गा तिव्र रुपमा कटान गर्दै जाँदा बाँधलाई जोगाउन बास पाइलिंग गरी बालुवा वोराले ११ वटा स्पर बनाएपछि कटानलाई नियन्त्रण गरिएको हो ।
वर्षा याममा बागमती नदीमा आउने बाढीबाट बाँधको जोगाउन तथा कटान नियन्त्रण गर्नका लागि राजदेवी नगरपालिकाबाट वडा नम्बर ६ स्थित रहेको स्पर नम्बर २ तथा वडा नम्बर ४ नजिक रहेको स्पर नम्बर ५ को विचमा ११ वटा अस्थायी बोरामा बालुवा भरेर स्पर निर्माण गरिएको छ ।

गएको असार महिनामा भएको वर्षाले नदीमा आएको बाढीको कारण कटान हुन् लाग्दा हुन् लाग्दा सम्भावित खतरालाई मध्यजनर राख्दै स्थानीय तहले न्यूनीकरण गर्ने उदेश्यबाट बोरामा बलुवा हालेर नाइलन क्रेटको साढे ११ र साढे नौ मिटर लामो स्पर निर्माण गराइएको राजदेवी नगरपालिकाका इन्जिनियर संजय पाण्डे ले जानकारी दिए ।
स्पर निर्माण गर्न करिव १ लाख बोरा तथा ७२० वटा बासको प्रयोग भएको जानकारी दिदै इन्जिनियर पाण्डेले सवै भन्दा बढी जोखिम स्पर नम्बर २ नजिक रहेको बताए । बाँध देखि करिब ३० मिटरको दुरीमा बागमती नदिको मुलधार बगी रहेकोले बाँध उच्च जोखिममा रहेको छ । तत्काल कटान नियन्त्रण गर्नका लागि बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर कार्यालयले २५ हजार बोरा, १३० थान जाली र ७२० थान बास उपलव्ध गराएको उनले भने ।
विभिन्न कार्यालयबाट उपलव्ध बोरामा बालुवा भर्ने कार्यमा स्थानीय बासिन्दाहरु संगै सशस्त्र प्रहरीले उक्त कार्यमा हाथ बढाउदै स्पर नम्बर २ नजिक ५ वटा अस्थायी स्पर र स्पर नम्बर ५ नजिक ६ वटा नयाँ अस्थायी स्परहरु तयार पारिएका छन् । नगरपालिकाको विपद व्यवस्थापन कोष बाट ६१ लाखको लागतमा निर्माण गरिएको स्परमा नपा बाट ७० हजार बोरा खरिद गरिएका थिए ।
बागमती तथा लालबकैया नदीको उच्च जोखिममा सदरमुकाम गौर र राजदेवी नगरपालिका रहेको हुँदा बर्षेणी भौतिक तथा मानवीय क्षति वेहोर्दै आएका स्थानीय बासीहरुलाई अहिले अस्थायी रुपमा समाधानको प्रयास गरिएको तथा त्यसलाई दिर्घकालिन रुपमा समस्या समाधान खोज्न तर्फ सम्बन्धित निकाय चासो नदेखेको आरोप नगर प्रमुख भिखारी प्रसाद यादवले लगाए ।
वागमती र लाल बकैया नदी रौतहटमा भएपनि उक्त कार्यालय परवानीपुर वारामा रहेको हुँदा नेपाल सरकारले अविलम्ब वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको कार्यालय रौतहटमा राखेर समस्याको समाधान गर्ने तर्फ सकारात्मक पहल गराईदिन समेत उनले माग गरे ।
गत वर्ष आएको बाढीले बागमती नदीमा भारत सरकारको लगानीमा निर्माण गरिएको २ नम्बर स्पर क्षति ग्रस्त भएपछि नदिको धार परिवर्तन भएर बाँधको नजिक आएकोले बाँध उच्च जोखिममा रहदा अहिले अस्थायी रुपमा समाधान गरिएको छ तर ठूलो बाढी आएपछि अवस्थामा के हुन्छ भन्न नसिकने नगरप्रमुख यादवले भने ।
समयमा ठोस समाधान गरिएन भने बाँध भत्किएमा राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहमपुरी र वडा ८ लक्ष्मीपुर बेल्विछ्वाको बढी भौतिक तथा मानवीय क्षति बेहोर्नु पर्ने खतरा रहेको छ । दक्षिणमा भारतीय बाँध रहेकोले सदरमुकाम गौर डुवानमा पर्न सकिने उच्च जिखिम रहेकोले यस तर्फ नदि नियन्त्रण कार्यालय, संघीय सरकार र प्रदेश सरकारले ध्यान दिन नितान्त जरुरी रहेको नगरप्रमुख यादवले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन