काठमाडौं, १२ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले भारतमा सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत दाबी वापत हाइटेन्सन स्वीचगियर प्रालीलाई २ करोड ६५ लाख ७३८४९ रुपैया चेकद्धारा विहिवार भुक्तान गरिएको छ ।
हाइटेन्सन स्वीचगिर प्रालीका अध्यक्ष द्ववारिका श्रेष्ठलाई सगरमाथा इन्स्योरेन्स कम्पनी भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले आज चेकको मार्फत भुक्तान गरेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको हो ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र हाइटेन्सन स्वीचगियर प्रालीको नरेश अग्रवालको रोहवरमा दाबी अनुसारको चेक हस्तान्तरण गरिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनी दाबी भुक्तानीमा संवेदनशिल रही आफनो ग्राहकलाई यथाशिघ्र चाँडै भुक्तानी गर्ने तर्फ प्रयत्नशिल रहेको जनाइएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले २०७८÷०७९ मा १ अरब ८५ करोड बराबरको दाबी भुक्तान गरिसकेको उक्त कम्पनीले जनाएको छ ।