हिमाचल प्रदेशमा अबैध रुपमा बस्दै आएकी एक चिनियाँ महिला पक्राउ

344 Shares

सिमला भारत। विना इजाजत अबैध रुपमा हिमाचल प्रदेशमा बस्दै आएको एक चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चीनीया महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको हो । सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन्।

यो मामिला त्यस समय प्रकाशमा आयो जब पुलिस चेक पोस्ट दारचामा लेहतर्फ गइरहेको एउटा ट्याक्सी पुग्यो। सो चेक पोस्टमा ड्यूटीमा तैनात पुलिस अधिकारीले उक्त वाहनको छानबिन गर्दा एक जना विदेशी महिला पनि रहेको पता लाग्यो। उनको पासपोर्ट र भारतीय भिसा जॉंच गर्दा उनी चीनीया नागरिक भएको प्रहरीले थाहा पायो।

भारतमा बस्ने उनको भिसा समाप्त भइसकेको थियो र लगभग दुई वर्षदेखि भारतमा भिसा बिनै बसिरहेकी थिइन्। केलांग पुलिसले सो महिला विरूद्ध विदेशी अधिनियम अन्तर्गत मामिला दर्ता गरेर अदालतमा पेश गरेपछी उनलाई ६ अगस्तसम्म न्यायिक हिरासतमा पठाइएको छ । भारतमा समय समय अबैध रूपमा बस्ने चिनियाँ नागरिकहरू प्रक्राउ परिरहेको हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार