टिपरको ठक्करबाट रौतहट इशनाथ नपा घर भएका युवक साहको मृत्यु

393 Shares

सर्लाही, १३ साउन । सर्लाहीको बरहथवा नगरपालिकामा शुक्रवार विहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका वडा नम्वर १० किसनपुर टोलमा शुक्रबार बिहान ८.४५ बजेको समयमा दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरित दिशा तर्फ जादै गरेका ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर ५, लक्ष्मीनियाँ टोल घर भएका २६ वर्षीय मुकेश साहको टिपरको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय वरहथवाले जनाएको छ । साहले बरहथवा नगरपालिका वडा नम्वर ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्ने कामदारको रुपमा रहेका थिए ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक साहको मृत्यु भएपछि स्थानीय बासिन्दाहरु बाटो अवरुद्ध गरेपछि प्रहरीको निकै प्रयास पश्चात छलफल गरेर अवरोध खुलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी विजय यादवले बताए । ठक्कर दिने टिपर र त्यसका चालक मकवानपुर भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार