सशस्त्र प्रहरीको सुक्ष्म निगरानीको शिकार बन्दै अबैध लागु औषध कारोवारीहरु

887 Shares

रौतहट, १३ साउन । सशस्त्र प्रहरीले मधेश प्रदेशको आठ वटै जिल्लाबाट गत आर्थिक बर्ष २०७८÷०७९ मा ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ भने करिव ६१ विगहा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेका छन् ।
सशस्त्र प्रहरी नेपालको मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासले दिएको जानकारी अनुसार २६६७.२५ किलोग्राम गाँजा, ३१.९२ किलोग्राम चरेश, १००ग्राम ७३ मिलीग्राम ब्राउन सुगर, ३७२६ एम्पुल नर्फिन, ४०९३ एम्पुल डाइजोपाम, २६४३ एम्पुल फेनार्गन, २५९३३ ट्याब्लेट नाइट्रोभेट, १३६५ बोतल कोरेक्स, ६६ थान स्पाम, ५१८२ ट्याब्लेट अन्य लागु औषध गत आर्थिक बर्षमा सशस्त्र प्रहरीले प्रदेशको आठै जिल्लाबाट बरामद गर्न सफल भएका हुन् ।
लागु औषध ओसारपसार गरिरहदा १७५ जना मानिसहरुलाई नियन्त्रणमा लिएको र ३५ वटा सबारीसाधन नियन्त्रणमा लिएको जानकारी दिदै सशस्त्र प्रहरी नेपाल मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनीको डिआइजी गणेशबहादुर ठाडा मगरले मधेश प्रदेशको ८ वटै जिल्ला भारत संग सिमा जोडिएको हुनाले लागु औषधको कारोवार निकै फस्ट्याएपछि तिनिहरुलाई नियन्त्रण गर्ने हेतु विभिन्न समयमा बाहिनी एवं गणबाट सशस्त्र प्रहरी परिचालन गरेर उक्त परिमाणमा लागु औषध सहितको मानिसहरुलाई नियन्त्रणमा लिई कारवाहीको डायरामा लाइएको जानकारी दिए ।


त्यती मात्रै नभई ६० विगहा १७ कत्ठा १० धुर जग्गामा लगाइएको व्यवसायीक गाँजा खेतीलाई फडानी गरेर नष्ट गरिएको बताए । विशेष सुचनाको आधारमा उखुवारी, मकैवारी, वगैचा लगायतका प्रदेशको विभिन्न स्थानहरुमा लगाइएको गाँजा खेतीलाई फडानी गरी नष्ट गरिएको डिआजी मगरले स्पष्ट पारे । मधेश प्रदेशलाई लागु औषधमुक्त प्रदेश बनाउने अभियानमा त्यस्ता कारोवार गर्नेहरु विरुद्ध कडाईका साथ निगरानी राख्दै नियन्त्रणको प्रयास गरिरहेको हुँदा उक्त कार्यमा सर्वसधारणहरुको सहयोग अपरिहार्य हुने बताए ।
सिमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो उपस्थिति राखेर अवाञ्छित गतिनिधि माथि निरन्तर रुपमा निगरानी राख्दै आएको बताउदै डिआजी मगरले सशस्त्र प्रहरीको मूल्य र मान्यतालाई आत्मसाथ गरी अहोरात्री सशस्त्र प्रहरी खटिएर अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, लागु औषध नियन्त्रण लगायत सर्वसाधारणलाई शान्तिसुरक्षाको प्रत्याभुती दिलाउने कार्यमा निरन्तर रुपमा प्रयासरत रहेको उनले प्रष्ट पारे ।

तस्वीर फिचर ।

प्रतिक्रिया

सम्बन्धित समाचार