377
Shares
सर्लाही, १३ साउन । बालबम जाने तिर्थयात्री सबार ट्रक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
सर्लाहीको वागमती नगरपालिका वडा नम्वर ४ जिरायतमा शुक्रवार दिउसो ३ बजेको समयमा नम्वर नखुलेको ट्रेक्टरबाट खसेर सर्लाही चक्रघटा गाउँपालिका ६ गोहियाहीका १९ बर्षिय निखिल चौधरीको मृत्यु भएको हो ।
युवक चौधरी ट्रेक्टरको टेलरबाट इन्जिन तर्फ जाने क्रममा खसेर गम्भीर घाइते भएका थिए । गम्भीर घाईते युवकलाई सरस्वती अस्पताल हरिवनमा लग्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटना पश्चात चालकले ट्रेक्टर लिएर फरार भएपछि प्रहरीले खोजी कार्यलाई तिव्र बनाएको तथा चाडै नियन्त्रणमा लिने दाबी गरेका छन् ।
यता मृतक चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन