महोत्तरी, १३ साउन । सिमापारी भारत तर्फ तस्करी गर्नका निमित्त भण्डारण गरिएका ठूलो परिमाणको मदिरा महोत्तरी प्रहरीले छापा मारेर बरादमद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जलेश्वर र कटैया ला प्रहरी कार्यालय जलेश्वर र प्रहरी चौकी कटिकटैयाको संयुक्त टोलीले विहिवार राति मनरासिस्वा नगरपालिका ५ स्थित नेपाल भारत सीमा नजिक कटैया गाउँमा तस्करी गर्ने उद्देश्यबाट लुकाएर भण्डारण गरी राखेको अवस्थामा करिव १८ लाख मूल्य बराबरको मदिरा बरामद गरेको हो ।
सीमावर्ती नेपाली क्षेत्रबाट भारत विहारमा प्रतिबन्ध रहेका मदिराहरु रातिको समयमा तस्करी हुने गरेको थाहा पाएपछि महोत्तरी प्रहरीले छापा हानेर विभिन्न ब्राण्डका ६६७ कार्टुन मदिरा बरामद गरेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए । प्रहरीले छापा मार्न आइरहेको खवर पाउना साथ मदिराको व्यापारी फरार हुन सफल भएको हुँदा मानिसलाई समात्न नसकिएको उलने भने ।
बरादम भएका ६६७ कार्टुन मदिरा आवश्यक अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालयलाई जिम्मा लगाइएको जानकारी दिए ।