386
Shares
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार इन्डियन इन्टरनेशनल बुलियन एक्सचेन्जको विधिवत रुपमा उदघाटन गरे ।
भारतको गुजरात राज्यमा गिफ्ट सिटीमा भारतको पहिलो बुलियन एक्सचेन्ज–इन्डिया इन्टरनेशनल बुलियन एक्सचेन्ज (आइआइबिएक्स) को शुभारम्भ गरेका हुन् ।
२०२० को बजेटमा घोषणा गरिएको, आइआइबिएक्स ले भौतिक रुपमा सुन र चाँदी बेच्ने छ र भारतमा बुलियनको वित्तीयकरणलाई मानकीकरण प्रदान गर्दा मूल्य निर्धारण संयन्त्रमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ । अशोक गौतम त्यसको एमडी र सीईओ हुनेछन् ।