मौखिक आश्वासन पछि वागमती सिंचाई आयोजनाको मुख्य गेटमा लागाइएको ताला खोलिएपनि शान्तिपूर्ण धर्ना प्रदर्शन जारी

0 Shares

वागमती कर्मैया (सर्लाही), ८ मंसिर । वागमती सिंचाई आयोजना कर्मैया वगमती सर्लाहीमा बर्षौ बर्ष देखि कार्यरत ज्यालादारी कर्मचारीलाई उठिबास बनाउने उद्देश्यबाट ल्याइएको नीतिका विरुद्ध तीन साता देखि आन्दोलनरत कर्मचारीहरुद्वारा धर्ना प्रदर्शन जारी राखेका छन् ।
आज देखि आयोजनाको प्रवेशद्वारमा विहानै ताला लगाएपछि आयोजना प्रमुख सिंचाई विभागमा समस्या समाधान गर्न अनुरोध गरेपछि यही ११ र १२ गते आयोजनाको स्थलगत भ्रमण गरेर ज्यालादारी कर्मचारीेको उचित मागलाई सम्बोधन गरिने मौखिक आश्वासन पाएपछि मुख्यद्वारमा लगाइएको ताला खोलिएको आन्दोलनरत कर्मचारी विनोद पासवानले बताएका हुन ।
ज्यालादारी कर्मचारी पासवानका अनुसार सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको आग्रह तथा आयोजना प्रमुख सुरेन्द्र पौडेलको मौखिक आश्वासनमा मुख्यद्वारमा लगाइएको ताला खोलिएको हो ।
तर धर्ना प्रदर्शन अनवरत रुपमा रातदिन जारी रहेको जानकारी दिदै पासवानले २५ बर्ष भन्दा बढि समय देखि ज्यालादारीमा कार्यरत कर्मचारी संग वर्तमान सरकारबाट बनाइएको ऐन नीतिका कारण हामीहरु उठिवास हुनुपर्ने अवस्थामा आएको हुँदा बाध्य भएर संघर्षको बाटो रोज्नु परेको उनले दुखेसो पोखे ।
उमेर हद खारेजीको सहित पाँच बुंदे माग अघि सार्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाएर गत कार्तिक १६ गते देखि निरन्तर रुपमा आयोजना परिसरमा मुख्य कार्यालयमा धर्ना एवं विरोध प्रदर्शनछ । वषौं देखि निरन्तर रूपमा ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरूले नयाँ सिंचाइ नम्र्स कार्यान्वयनका नाममा आफूहरूलाई निजामती कर्मचारी सरह उमेरको हद लगाएर सेवाबाट हटाउन खोजिएको आरोप लगाए ।
सुरज पासवानको नेतृत्वमा धर्ना प्रदर्शन गर्दै आएका कर्मचारीहरुले बागमती सिंचाइ आयोजनाका २४४ जना तथा बागमती, मनुष्मारा र झाँझ सिंचाइ व्यवस्थापन कार्यालयका २० जना गरी २६४ जना ज्यालादारी कर्मचारी प्रभावित हुने अवस्था सिर्जना भएपछि बाध्य भएर आन्दोलनमा ओर्लिनु परेको छ । विदा तथा पर्व समेतलाई थाँती राखेर रातदिन अनवरत रुपमा धर्ना प्रदर्शनमा बसिरहदा पनि कुनै सुनवाई नहुँदा बाध्य भएर आज देखि तालाबन्दी गर्दा बल्ल केही कुरा सुनिएको उनले भने ।
वर्षौं देखि आयोजना र मातहतका कार्यालयले खटाएको जिम्मेवारी पूरा गर्दै आएका कर्मचारीले झरी, बादल र प्रतिकूल मौसमको समेत प्रवाह नगरी कतिपय अवस्थामा खुला आकाशमुनि रहेर काम गर्दै आएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
कर्मचारीहरु आफूहरूको रोजगारी र सेवासुविधा सुरक्षित राख्ने माग सहित पाँचबुँदे माग सार्वजनिक गर्दै विगत २२ दिन देखि आन्दोलनमा बसेपनि सम्बध निकाय उदाशिन रहेको आक्रोश आन्दोलनरत कर्मचारीहरले व्यक्त गरे ।
ज्यालादारी कर्मचारीको पाँच बुंदे माग
प्रमुख मागहरूमा दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिंचाइ नम्र्समा आवश्यक सुधार गर्नुपर्ने र सिंचाइ विभागको पत्रसहित मन्त्रालयमा दर्ता भएको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, चाडपर्व खर्च तथा पोशाकको व्यवस्था गर्नुपर्ने, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने माग अघि सारेका छन् ।

यस विषयमा आयोजना प्रमुख सुरेन्द्र पौडेल संग ९८४६१६१७३३ मा फोन गर्दा विभाग स्तरिय वार्ता टोली गठन भएको छ । चाँडै स्थलगत रुपमा उक्त टोली आएर वार्ता गरेर समस्या समाधान गर्ने उनले बताए । आज देखि कार्यालयको कामकाज प्रभावित पार्ने गरी गरिएको तालाबन्दीलाई फिर्ता गराइएको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।