रौतहट, ८ मंसिर । महिला पतञ्जली योग नेपालको आयोजनामा रौतहटको गौरमा भेटघाट तथा सत्संग कार्यक्रम हुने भएको छ ।
यही मंसिर ९ गते बुधबार दिउँसो १२ बजे गौरस्थित रामजानकी धर्मशालामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा महिला पतञ्जली योग नेपालकी मुख्य केन्द्रीय प्रभारी पूज्य साध्वी दवादिति जीको विशेष उपस्थिति रहने आयोजकले जनाए ।
योग, ध्यान, आध्यात्मिक चेतना तथा स्वस्थ जीवनशैलीप्रति आस्था र विश्वास राख्ने व्यक्तिहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा सहभागी भई सत्संग तथा आध्यात्मिक भेटघाटबाट लाभ लिन योगप्रेमी, शुभचिन्तक, पदाधिकारी तथा सर्वसाधारणलाई आयोजकले हार्दिक निमन्त्रणा गरे ।
महिला पतञ्जली योग साधना केन्द्र, रामजानकी धर्मशाला गौरकी सञ्चालिका अर्चना केसरीले कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण योगप्रेमी तथा शुभचिन्तकहरूलाई आग्रह गरेकी छन् ।