भक्तिको आलौकिक अमृत बर्षा संगै देवशिला

   २५ माघ २०७९, बुधबार २१:५१  

“जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ”

कण कणमा इश्वरको वास हुन्छ, प्रकृतिको हरेक कणमा इश्वर विराजमान हुन्छन् गाउँघरका वृद्धवृद्धाहरु भन्ने गरेका सुनिन्थ्यो, तर हेरेको थिएन, ति सबै सुनेका कुरालाई साक्षात रुपमा बुझ्न पाए र हेर्न पनि पाउदा रोम रोम आश्थाले विभोर हुँदै इश्वर प्रति समर्पित गराए ।
हिन्दु सनातन धर्म ग्रन्थहरुको अध्ययन तथा कथाहरु सुनेका वृद्धहरु भन्ने गर्दथे नेपालको भूमि यस्तो पवित्र भूमी हो जहाँ इश्वर स्वंयम यहाँ बास गर्ने भएको हुँदा साधु सन्त, ऋषिमुनिहरुको तपो स्थालको रुपमा रहेका नेपाल देवभूमीको रुपमा रहेको आज प्रमाणित भईसकेको छ, नेपालको विना भारत र भारत विना नेपालको धार्मिक, साँस्कृतिको साथै वैवाहिक सम्बन्ध एकदमै अटुट र विश्वासिलो रहेको यो स्तम्भकारले अनुति गरेको छ ।
म्याग्दी बेनी स्थित काली गण्डकी नदीबाट अथक प्रयास पश्चात झिकिएको देवशिलाको रुपमा रहेका शालिग्रामलाई लिएर हिडेपछि पुजाआजा गर्दै आस्थावानहरु वेनीबाट जनकपुर सम्मको यात्रा तय गरियो । माता जानकीको माइतीघर जनकपुरमा भगवान विष्णुको वास हुने शालिग्रामलाई हेर्न पुजा गर्न जनकपुरधाममा उल्लेख्य संख्यामा हिन्दु श्रद्धालुभक्तजनहरुको घुइचो लागे । त्रेता युगमा भारत उत्तरप्रदेशको अयोध्याका राजा दशरथको चार सन्तान मध्ये जेष्ठपुत्रको रुपमा श्रीरामको विवाह जनकपुरको राजा जनकको पुत्री सीता संग भएको थियो ।
त्रेता युग देखि नै भारत नेपाल विच बैवाहिक सम्बन्ध अझ प्रगाढ भएको थियो । भगवान विष्णुको अवतारको रुपमा श्रीराम र माता लक्ष्मीको अवतारको रुपमा माता सीताको जन्म भएको थियो । कालिगण्डकी खोलामा शालिग्राम खोज्ने क्रममा भगवान रामकै समयको दुइवटा शिला फेला परेपछि वैदिक मन्त्रोच्चारण गरी पुजा पाठ पश्चात शालीग्राम झिक्ने काम सुरु भयो ।
विश्वमा नेपाल मात्रै एउटा देश हो जहाँको कालिगण्डकी नदीमा शालिग्राम पाइन्छ । यो कालिगण्डकी नदी देवतपो स्थलको रुपमा रहेको हुँदा त्यही भगवान रामको बालस्वरुप निर्माण गर्न शालिग्रामको खाजी कार्य सुरु भए, सफलता पनि पाइएपछि नेपाल भारत सम्बन्धको बन्धन झन बलियो भएको विश्वास भारतीय नागरिकले देखाए त्यो निकै अदभूत, अविश्वसनिय, अकल्पनीय, रहे त्यती मात्रै नभई शिलापत्रलाई एक चोटी स्पर्स गर्न वा हेर्न स्वस्फूर्त रुपमा उमडिएका भिडले प्रमाणित गरेकी हिन्दु धर्मको आस्था मात्रै होइन नेपाल भारत एक अर्काको पर्यायवाची रहेको समेत दर्शाएको छ, यो आजको मात्रै नभई अनन्त काल देखि चल्दै आएको सम्बन्धलाई कसैले पनि विगार्न नसकिने स्पष्ट रुपमा संकेत दिएको छ ।
वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका कण कण तथा ढुङ्गामा देवताको बास हुन्छन् र प्रकृति पे्रमीले यहाँका डाँडाकाँडा एवं कुनाकान्द्रा स्वर्गको आभाष गराउँछन् तर भनिन्छ घर नजिकै यी सबै छन् भने विश्वास लाग्दैनन तर टाढा जतिसुकै भएपनि कष्ट झेलेर जान्छन् तर आफनो अलौकिक देव भूमि प्रति वास्ता गर्दैनन ।
“कालीगण्डकी नदीबाट झिकिएको शालिग्रामको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरको केन्द्रमा राख्ने विषयमा हामी सबै नेपालीहरुका लागि ऐतिहासिक, अदभूतपूर्व अवसर एवं महत्व स्थापित भएको छ ” ।
कालिगण्डकी नदीबाट शालिग्राम शिलाको महत्व नेपाली भन्दा कयौं अथाह रुपमा भारतीयहरुले बुझेको हो त्यसको यथार्थता जनकपुरधामबाट शिला लिएर हिडेका लरी भारतीय क्षेत्रमा प्रवेश गरे देखि नै हिन्दु धर्म मान्नेहरु वृद्धवृद्धा, महिला, युवाहरु दर्शन गर्न अदभूत रुपमा बाटोभरी ताँती लागेका थिए । शिलालाई धनुषास्थित जटही नाका हुँदै भारत प्रवेश गराइयो तब थाहा भयो त्यसको महत्व कति रहेछ भनेर ।
नेपालमा अधिकांशले ढुङ्गाका रुपमा मात्रै बुझेको शिलामा भारतवासीले देवता नै देखे । त्यहीअनुसार देवशिला यात्रालाई एउटा महोत्सवका रुपमा भारतले मनाए । नेपालबाट श्रीराम जन्मभूमि अयोध्या तर्फ अघि बढेको शिलाप्रति भारतीय श्रद्धालुहरुले अभिव्यक्त गरेको श्रद्धाभाव, उत्साह, उमङ्ग र सहभागिताले त्यसलाई पुष्टि गर्यो भक्तिको कुनै स्वरुप हुदैनन ।
देवशिला यात्रामा सहभागीको अदभुत आस्था, श्रद्धा र उपस्थिति देख्दा त साक्षत भगवान् राम नै उपस्थित भएको महसुस गरिएका थिए । पिपरौन, फुलहर, गनगौर, गोपालपुर, मुखिआपत्ती, बैंगरा, बीसनपुर, मेघवन, माधपुर, कङ्गनी, दरभंङ्गा, मुजफ्फरपुर हुँदै देवशिला मोतिहारी पुग्दा मानिसहरुको उत्साह थपिँदै गयो । देवशिलाको व्यग्र प्रतीक्षामा रहेका दर्शनाभिलाषीमा कट्याँग्रीदो चिसोको पर्वाह नगरी भगवान रामको बाल स्वरुप निर्माण हुने शालिग्राम देव शिलालाई हेर्न स्पर्ष गर्न व्यग्रता देखिदा भक्तिको अलौकिक रुपमा साक्षात दर्शन गरियो ।
जनकपुरबाट यात्रा भएको दोस्रो दिन गोरखपुरबाट अयोध्या पुग्न करिब एक सय ३५ किलोमिटरको दूरी पार गर्नमा झण्डै १० घण्टा समय लाग्यो त्यसैबाट अनुमान लगाउन सकिन्छ कस्तो श्रद्धा विश्वास आस्था रहेको होला ।
काँखमा बालबच्चा बोकेका महिला, लौरो लिएर हिड्दै गरेका वृद्धवृद्धा तथा युवाहरु शालिग्रामको शिला प्रति नकमस्तक भई ढोगेर आफनो भगवान प्रति सच्च भक्ति देखाउदाको क्षण मन्त्रगुग्ध पारे । जनकपुरदेखि अयोध्याको करिब पाँच सय किलोमिटर सडक पार गर्न करिब २४ घण्टा समय लाग्यो । सडकमा त नागरिक थिए नै, भारतीय सुरक्षाकर्मी, भारतीय विभिन्न संचारमाध्यमहरुको बखानले मानिसको उपस्थितिलाई झन् रोचक बनाए ।
राम मन्दिर कार्यशाला रामसेवकपुरमा देवशिला पूजापछि आयोजित विशेष समारोहमा नेपालका तर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई चतुर्भुज शालिग्राम सहितको शिला हस्तान्तरण क्षण नेपाल भारत मित्रता प्रेम सम्बन्धको अमृत बर्षा भईरहेको आभाष भईरहेको थियो ।
जनकपुर अयोध्याको सम्बन्धलाई झन् प्रगाढ बनाउदै कसै कसैले उठाउदै आएका मिथ्या प्रश्नलाई चिर्दै श्रीरामको मर्यादाको विजय भएको छ जुन कालीगण्डकीबाट झिकेर माता जानकीको नगरी हुदै अयोध्या पुग्नु नेपाली भारतीय सनातन हिन्दु समाजको लागि ठूलो काम भएको जसका कारण मर्यादा पुरुष भगवान राम प्रतिको गरिमा झन् उच्च भएका छन् ।
नेपालबाट देवशिला लिनुअघि लगातार ४५ दिन यही बसेर फर्किएका श्रीराम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको बताए ।
त्रेतायुगमा माता जानकी र रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई बलियो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभाष भएको छ, नेपाली काँग्रेसका निधिले भने, राम मन्दिर भारतमा बने पनि त्यसमा राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप अविष्मरणीय बनाएको भने । रामसिताको वारेमा चर्चा गर्न एवं व्याख्यान गर्न सकिदैनन समेत उनले थपे ।
ऐतिहासिक राम मन्दिर
भगवान् श्रीराम भारत उत्तरप्रदेशको अयोध्यामा जन्मिएको विषयमा त्यहाँ कुनै विवाद छैन तर पछि आएर विभिन्न समयमा आक्रमण गरेर भगवान रामको अस्तित्व मेटाउने निकै प्रयास गरिएपनि सफल हुन सकेन । हाल बन्दै गरेको राम मन्दिर स्थलमा विगत पाँच सय वर्ष देखि विवाद चल्दै आएको थियो ।
हिन्दूहरुले भगवान् रामको जन्मस्थान मानेर पूजा गरिरहेकै ठाउँमा मुगल साम्राज्यका सेनापति मीरबाकीले १६ औँ शताब्दीको सन् १५२८ मा बाबरी मस्जिद बनाएपछि विवाद सुरु भएको थियो । त्यही बेलादेखि हिन्दू र मुस्लिम धर्मावलम्बीले आ–आफ्नो दाबी पेस गर्दै विवाद सुरु भएपछि साढे चार सय वर्षको अवधिमा ५६ पटक युद्ध भई लाखौँले ज्यान गुमाएका थिए । राम जन्मेको ठाउँमा अचानक मस्जिद बनेपछि विवाद बढ्दै गयो, ५६ पटक त हिंसा भएको जानकारीमा आउँछ, श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले स्मरण गरे, सन् १९९२ डिसेम्बर ६ तारिखपछिको घटना त सबैलाई थाहा छ, त्यो भारतको इतिहासमै खराब मध्येका धार्मिक साम्प्रदायिक हिंसा थियो ।
उनले दिएको जानकारीअनुसार सन् १९९२ डिसेम्बरपछि भारतभर भड्किएको हिंसामा दुई हजारको ज्यान गएको थियो भने सबैभन्दा हिंस्रक दङ्गाको रुपमा मुम्बई सहरमा भएको घटनामा मात्रै नौ सय मानिसले ज्यान गुमाएका थिए ।
यो विवाद अदालतमा पनि पुग्यो । पहिलोपटक १९ जनवरी १८८५ मा हिन्दू पक्षधरले अदालतमा मुद्दा हालेकामा विभिन्न अदालत हुँदै ९ नोभेम्बर २०१९ मा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय इजलासले विवादित जमिनमा रामको मन्दिर बनाउने फैसला सुनायो । त्यही फैसलामा मस्जिदका लागि छुट्टै स्थानमा पाँच एकड जमिन उपलब्ध गराउन आदेश भयो ।
त्यही आधारमा चार सय ९२ वर्षपछि अयोध्यामा राम मन्दिर बन्दैछ । फेब्रुअरी २०२० मा स्थापित ट्रस्टले लोकसभा चुनावअघि सन् २०२४ को जनवरी अर्थात् मकर सङ्क्रान्तिमा मुख्य भाग निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको छ । पाँच अगस्त २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजा गरी मन्दिर निर्माणको काम सुरु भएको थियो ।
नागर शैलीमा बनिरहेको सो मन्दिरमा अहिले छ सयभन्दा बढी कामदारले दिनरात काम गरिरहेका छन् । सिमेन्ट र स्टिलको प्रयोगविना तीन तलाको एक सय ६१ फिट अग्लो हुने यो मन्दिरको आयु एक हजार वर्षको रहनेछ । त्यसका लागि मन्दिरमा प्रयोग हुने ढुङ्गा, मार्बल र अरू सामग्री विशेष प्रकारको हुने मन्दिर निर्माण परियोजनाका व्यवस्थापक इन्जिनियरको राय रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालविना राम पनि अधुरा’ र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले ‘सीता माताविना अयोध्या अधुरो’ भनी पटकपटक बोलिरहेकै छन् । यही कारणले पनि लामो विवाद पछि बन्न लागेको राम मन्दिरमा नेपाल र माता जानकी सँग जोडिएको चिनो राख्नुपथ्र्यो नै । त्यही कुराको पहलकदमी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लिए ।
“सुरुमा राम र सीताको विवाहसँग जोडिएको धनुष उपहार दिने विषयमा संवाद प्रारम्भ भयो, त्यही क्रममा विशेष प्रकारको शिलामा रामको मूर्ति बनाउने कुरा थाहा भयो”, निधिले भने, “म आफैँले जानकी मन्दिरका महन्थलाई यसमा सहमत गराउँदै भारतीय पक्षसामु नेपालबाट त्यस्तो शिला उपलब्ध गराउने प्रस्ताव राखे, त्यो कुरा भारतीय पक्षले पनि स्वीका¥यो । त्यसैको परिणाम कालीगण्डकीको देवशिला अयोध्या पुगेको छ ।”
म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएका १८ र १६ मेट्रिक टन तौल भएका शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका छन् । यिनै शिलामध्येको सानो शिलामा रामललाको स्वरुप बनाइने छ ।
उता भारतमा भने झन्डै पाँच सय वर्षदेखिको विवाद साम्य हुँदै राम मन्दिर निर्माण हुँदैछ । सोही मन्दिरमा नेपालको देवशिलामा कुँद्न लागिएको रामललाको मूर्तिले दुई देशका धार्मिक, सांस्कृतिक सम्बन्धका साथै नागरिक तहको सम्बन्धमा नयाँ आयाम थप्नेछ । त्यसैको प्रमाण देवशिला यात्रा थियो ।
“हिन्दू र मुसलमानको वर्षौंको विवाद समाधान भएर अयोध्यामा मन्दिर बन्दैछ, त्यही मन्दिरको गर्भभागमा लाखौँ मान्छेले पूजा गर्ने मूर्ति नेपालको शिलाबाट बन्दैछ, यसको महत्वको व्याख्या जति गरे पनि पुग्दैन”, देवशिला हस्तान्तरणपछि भारतीय सञ्चारकर्मीलाई पूर्वउपप्रधानमन्त्री निधिले भने, “देवशिलाको महत्व यति छ, त्यो देवशिला रहेको पवित्र भूमिको महत्व झन् कति होला ? त्यसैले म नेपालको कालीगण्डकी नदी क्षेत्रमा पुग्न र त्यसको प्रचार गरिदिन पनि विशेष आग्रह गर्दछु ।”
यसले पक्कै पनि नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रचार गर्दै नागरिक तहमा रहेको असमझदारीलाई चिर्न सघाउ पुगेको छ । “हामीले नेपालको पौराणिक महत्व, भारत र नेपालको धार्मिक सम्बन्ध सुनेकै, पढेकै हौ तर, धेरैपछि यो स्तरमा त्यो सम्बन्धलाई देख्न पाइएको छ”, “अब यसबाट लाभ लिने गरी हामीले अगाडि बढ्नुपर्दछ ।”
नेपालमा सामान्य ढुङ्गाका रुपमा हेरिएको शिलाप्रति भारतमा देखिएको चासो, आस्था र श्रद्धा साँच्चै अनुकरणीय छ । यसलाई धार्मिक आस्थाका रुपमा मात्रै नबुझी भारतवासीको आस्थालाई नेपालको धार्मिक पर्यटनसँग जोडेर जान सकेमा प्रशस्त लाभ उठाउन सकिने विज्ञहरुको राय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै