जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दीलिप घिमिरेले आफ्नो सय दिन पुरा गरेको छ । सय दिने कार्यकालमा गरिएको उपलब्धिलाई सार्वजनिक गरेको हो । सोही सेरोफेरोमा रहेर नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले गरेको अन्तरवार्ताको अंशलाई प्रस्तुत गरिएको छ ।
–ः रौतहट बसाई कस्तो रहेको छ ?
–ः रौतहट आएको सय दिन मात्र पुगेको छ । यस अबधिमा हामीले के के गर्यौ भर्खरै सार्वजनिक गरेका छौ । अपराध अनुसन्धान लगायतका जति पनि गतिविधिलाई समेटिएर सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा बढि मुस्लिम बसोबासको हिसाबले, शिक्षा, स्वास्थ्य, रोजगारको दृष्टिकोर्णबाट यो जिल्लामा चुनौति छ ।
जिल्लामा हरेक क्षेत्रमा विद्यमान रहेका समस्यालाई समाधान गर्ने आफूले सकभर प्रयास गरेका छौं । त्यसमा काम गरे पछि परिणाम पनि देखिएका छन । स्वच्छ निष्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनौतिलाई सहर्ष स्विकार्दै चुनौतिहरुको सामना गरेर आगाडी बढेको छु ।
–ः रौतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक वा नाकारात्मक के पाउनु भयो ?
–ः तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । रौतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन । त, केही चुनौति पकै पनि छन । रौतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।
शान्ति सुरक्षा के हो भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । रौतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनौति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे कि बाहिर बाट बुझेको जस्तो रौतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटना क्रमलाई हेर्ने हो भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनौति हुने खालका घटना घटेको छैन ।ठुलो चुनौति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको छैन ।
–ः पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा रौतहटलाई लिने गरेको सुनिन्छ तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ?
–ः आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको रिजल्ट पनि दिन थालि सकेका छन ।
हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत रोक्न त गाह्रो होला । तर कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई रोकनका लागि हामिले भन्सार चोरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
–ः सय दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढि हाईलाईट गर्न खोजिएको छ ? सफल अनुसन्धान भनेर के बुझने ? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्न सकिन्छ ?
–ः जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भोलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ ।
यस आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं । घटनाको बारेमा सबै कुरा बाहिर आई सकेकाछन । संलग्न व्यक्ति पक्राउ परिसकेका लाई सफल अनुसन्धान भन्छौ ।
–ः न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनौ निर्दोष व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?
–ः मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यस प्रश्नका लागि धन्यवाद छ तपाईलाई । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य रहेको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्महत्या गरे भने त्यसमा उसको श्रीमानको साथ साथै सासू ससुरा, देवरदेवरानी, जेठाजुजेठानी, नन्द लगायत घर भरी सबैको नाममा मुद्दामा हाल्ने प्रचलन विद्यमान रहेको छ ।
त्यसमा मेरो पहिलो प्रयास के हुन्छ भने तपाईले बुझे जस्तै मेरो ध्ये के हन्छ कि सयौ अपराधी प्रमाण अभावमा छुटोस तर एउटा पनि निर्दोष मानिस न फसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्दछन् । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परिसके पछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेको छ । को संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ । आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ ।
कुनै पनि निर्दाेष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरिरहेका छौ ।
महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी रौतहटमा भिडभाड अचेल आएको बढी उजरी उहाहरुकेै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन ?
–ः महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई राज्यले पनि विषेश ग्राहयता दिएका छन । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरि रहेको हुन्छ । हाम्रो युनिटहरुमा महिला वालवालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहे छन । महिला वालवालिकाको कर्तव्य ज्यान वा वल्तकारका केश भयो भने अर्काे शिर्षकबाट हेरिन्छ ।
महिला बाल वालिकाको वढि केश कस्तो हुन्छ कि घरेलु हिन्सा, योन दुर्व्यवहार , परिवारिक हिन्सा,शारीरिक मानसिक यातना दिने कार्य ।
यो कहाबाट भएको हुन्छ भने घरको श्रीमान ,सासू –ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानू पर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ । तर अन्य मुद्वाको हकमा आफुले चाहे जस्तो प्रगति हुदैन । महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुदा प्रगति बढि देखिएको छ ।
–ः मिटर व्याज बारे के बुझ्नु भएको छ ? यसमा पनि प्रगति भएको देखिएन किन ?
–ः रौतहटमा २०÷२५ वर्ष पहिलेका केस पनि मिटर व्याजिका नाममा आएका छन । वास्तविक पिडित पनि मिटर व्याजिमा आएका छन । कसैले एक जनाको सम्पत्ति लिएर पाच जनामा ट्रन्सफर गरिसकेका छन । मिटर व्याजिमा मुद्दा हालेर खेत खनजोत गर्न पाईन्छ कि हिसावले पनि मुद्दा आएका छन । यी सवै कारणलाई हेर्न आएको अनुचित लेनदेनको कानुनले कतिपय पुराना मुद्दा संग मेल खादैन । मुद्दा दर्ता गर्दा पनि पक्राउ पुर्जी आईदिदैन । यसको बाहेक के गर्छाै भने मिलापत्र गराउने छलफल चलाउने । सहज केस छलफलको आधारमा टुगिएका छन । जुन केस छलफलको आधारमा टुगिदैन केही केस नमिलेर प्रगति कम भएको हो ।
–ः मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्द्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?
–ः कम्तिमा पैंतालीस जनाले त न्याय पायो । केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहि होईन । हामीले निरन्तर प्रयास गरेका छौ । मुद्दालाई प्राथमिकता निरधारण गरेका छौ । सहज मुद्दा, निवेदक र पिडित आएका मुद्दाहरुलाई छुट्यार छलफल गरिरहेका छौ ।
–ः तपाईं रौतहट आउन साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध ,जुवातास ,अबैध मदिरा भठ्ठी तोडने लगायतका प्रतिवद्वता गर्नु भएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनु हुनछ कि कम्परमाईज गरेर काम भईरहेको छ की ?
–ः मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ । तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन । त्यसबाट पनि अनुमान लगाउन सक्नु हुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ ।
आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निष्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन पिडितले न्याय पओस । सेवा पाओस भने लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरिरहेको छु । पहिले कति भिडभाड हुन्थे जिल्लामा विस्तारै भिडभाड घटदै छन । कुनै व्यक्तिले न्याय न पाएको गुनासो गर्ने अवस्था छ जस्तो मलाई लागदैन । मैले हरेक केसमा आफैले रुची राखेर सम्बोधन गरिरहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्द छ ।
–ः तपाईं आउन साथ रौतहटमा तस्करी रोकिए अब सरकार परिवर्तन सगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएको छ नी ? अब तपाईं तस्करी रोकन सक्नु हुन्छ ?
–ः सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी ,अपराध–अपराधै हो । सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नु पर्छ मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेको छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानू पर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नु भयो त्यही हिसाव कायम रहन्छ । सेटिङ्ग गर्ने तस्करी गर्ने काम हुदैन । यसमा सरकार खोल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन । यसमा कसैले गलत मनसाय लिई न परोस भनि यसै मिडिया मार्फत सबैलाई अनुरोध पनि गर्न चाहन्छु ।
–ः तपाईं एक जनालाई अलग राखेर बाकी तस्करी लाईन मिलाएको छ नी ? भने सेटिङ्ग भएकोमा के गर्नु हुन्छ ? सधै भरी बन्दुक लिएर बोडरमा तपाईको ड्युटी त हुदैन नि ?
–ः जुन चौकी भएर जान्छन् त्यसको जिम्मेवारी सम्बन्धित चौकी ईन्चार्जको हुन बताउदै उनीहरुलाई पठाउनु अघि एउटा आचारसंहिता बनाएका छौ । त्यो आचारसंहितामा सिगनेचर गराएर मात्र चौकीका ईन्चार्ज दिन्छौ । र म आफै पनि नेपाल सरकारले राजस्व चुहावटमा दिएको कडा निर्देशन अनुसार उनिहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव पार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगायतका काम निरन्तर रुपमा गरिनै रहेको छु ।
चौकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा ठाउँका ठाउँ कार्वाही गर्ने । प्रमाण देखिएन चोकी ईन्चार्ज हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । रे को आधारमा प्रहरी चल्दैन । पन्द्र वर्ष पहिलाको नेपाल प्रहरी र हलको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेका छन । पहिलाको आंखाले होईन नयाँ आखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ । जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्दछ उनल भन ।
अन्तमा तराई टप मार्फत रौतहट जिल्लामा शान्ति सुव्यवस्था कायम रहोस अवाञ्छित क्रियाकलाप सधैको लागि अन्त्य गर्नका लागि हामीहरु निरन्तर रुपमा प्रयासरत रहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन