तराई टप
रौतहट, २१ मंसिर । चीनमा भईरहेको मानव अधिकारको हननको कारण अमेरिकाले बेइजिंगमा हुन लागेको शीतकालिन ओलम्पिकमा आफना कुनै पनि कुटनीतिक प्रतिनिधहरु सहभागी नगराउने घोषणा गरेको छ ।
हिजो सोमवार ह्वाइट हाउसले आउदो फेब्रुअरीमा बेइजिंगमा हुने शीतकालिन ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने जानकारी गराएको हो । चीनमा भईरहेको मानव अधिकार हननको विरोध गर्दै अमेरिकाले प्रतिनिधि नपाउने घोषणा गरेको ह्वाइट हाउनले जनाएको छ ।
“चीनले सिजजियाँगमा गरिरहेको नरसंहार एवं मानवता विरोधी अपराध सहितको अन्य मानव अधिकार हननका कारण वाइडेन प्रशासनले शीतकालिन वेइजिंग ओलम्पिक २०२२ मा कुनैपनि कुटनीतिक वा अधिकारिक प्रतिनिधि मण्डल पठाउने छैनन” ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पत्रकार संग कुरा गर्दै भनिन । तर कुटनीतिक वहिष्कारबाट अमेरिकी खेलाडीको उपस्थितिलाई कुनै प्रभाव नपर्ने उनले स्पष्ट पारिन ।
वाशिंगटन स्थित चिनियाँ दूतावासले अमेरिकाको उक्त निर्णयको आलोचना गरेको छ । अमेरिकी कदम कपटपूर्ण राजनितिक चाल भन्दै त्यसबाट ओलम्पिकमा प्रभाव नपर्ने चिनियाँ दूतावासको भनाई छ ।
ताइवान, हंगकंग र उइगुर मुस्लिम माथि चीनले गरेको व्यवहारका कारण द्धपक्षीय सम्बन्ध तनावपूर्ण बढेको छ । तर गत महिना आयोजित भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिंग दुबैले सम्बन्ध सुधार्नमा आवश्यक रहेको र मिलेर काम गर्नुपर्ने बताएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन