असल मित्रको पहिचान र त्यसबाट हुने असर सम्बन्धि बहस हुनु अपरिहार्य

958 Shares

पि कुमार
नेपालीमा एउटा उखान प्रसिद्ध छ, “नजिकको तिर्थ हेला” भनेझैं हामिलाई चीनमाथी जागेको भरोसा र भारत प्रतिको ईष्र्याकोभावले कुभलो अरुको हुदैन आफ्नै हुने हो । समयमा सत्यलाई स्विकार नगरी मित्रसंग बैर भाव राख्नु स्वयंलाई सिध्याउने सबैभन्दा सजिलो उपाय हो । किनकी त्यहीवेला शत्रुले नजर लाउने र आफ्नाजनसंग टाढा बनाउने गरिन्छ ।
नेपालका लागि भारत नै सबैभन्दा राम्रो र सच्चा असल मित्र हो, कमिकमजोरीहरु अनेक हुन सक्छन । भर्खर केहि दिन अगाड़ी भारतिय रक्षामंत्री राजनाथ सिंहले दिएको अभिव्यक्तिले त झन मुटुमै चोट गर्ने खालको थियो । नेपालको सामु हामी शिर झुकाउनु परे पनि सहर्ष स्विकार्य छ, उनको भावुक कथन पछि पनि हामी नेपालीले आफ्नो भ्रम त्याग गरेनौं भने पछि भन्न र सुन्नलाई केहि बाँकी नै रहने छैन ।
भारत भावना संग जुड्ने देश हो भने चीन बिशुद्ध व्यापारिक र क्रुरता अंगिकार गर्ने भावनाहिन प्रजातिको तानाशाही राष्ट्र हो । नेपाल र भारतको सम्बन्ध अनादिकाल देखि को हो । एक अर्का संगको सहकार्य मानव सभ्यताको शुरुवात देखि को हो । वास्तवमा भुगोलमा दुई चीरा परेका तर एक शरिर र एउटै आत्मा भएको देश हुन ।
विगतका केही भ्रमहरुको जगमा भारतसंगको सम्बन्ध कदापि बिगार्न सकिन्न । चाहे ब्रहमाण्डका सम्पुर्ण शक्तिहरु यस सम्बन्धको खिलाफ नै किन न होस तर नेपाल भारतको सम्बन्ध अझ अमर छ । यो कुनै कागजको भरमा स्थापित सन्बन्ध हैन, कुनै दुई राष्ट्र बिचको राजनैतिक लेनदेनको सम्झौता जस्तो नै हैन । यो त जनजन को बिचमा सदियौं देखि संस्कारमा हुर्केको र सामाजिक व्यवहारमा समाहित भै प्राकृतिक रुपमै स्थापित भएको सम्बन्ध हो । नत यसको जग खुकुल्लो छ नत यो सम्बन्धको कुनै लोभमा परेर स्थापित भएको हो । यसको वैकल्पिक रुप अरु केहि छैन ।
एउटै सामाजिक जिवशैलिमा हुर्केको, रितिरिवाज रहनसहनले बाँधिएको, पारम्परिक रुपमै एकत्रित रहि उहि भाषिक र सांस्कृतिक पहिचान राख्ने समुदायबिचको सम्बन्धलाई कुनै आर्थिक चलखेलले तोड्न नसक्ने प्रष्ट छ । हो मति बिग्रेका केही स्थिर देख्न नचाहन्ने व्यक्ति वा नेताहरुले आफ्ना लालचहरुलाई तत्कालका लागि यस परिप्रेक्ष्यमा उपयोग गर्ने प्रयासहरु हुन सक्छन, जो कहिल्यै सफल नहुने कुरो हो ।
भारतको विकल्पका रुपमा हाम्रो शासन व्यवस्थाले हेर्ने गरेको चीन संगको सम्बन्ध पनि हाम्रा लागि महत्वपुर्ण नै छ तर भारत संगको सम्बन्ध बिच्छेदको शर्तमा नेपालीलाई स्वर्ग पनि लायक हुन सक्तैन । यतिबेला चीनसँगको सीमा नाका प्राय ठप्प छ । चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट मूसा छिर्न पनि मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको छ ।
चीनमा अध्ययन गरेर नेपालमा रहेका विद्यार्थीहरु फर्कन पाएका छैनन् । विशेषगरी मेडिकलका विद्यार्थीहरु समस्यामा परेका छन् । उनीहरुले इन्टर्नशिप गर्न नपाएर बेला बेलामा सडकमा ओर्लिइरहेका छन् ।
चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको विषयहरु बाहिर आयो । कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उतिबेलै यो विषय जोडतोडका साथ उठाए । सरकारले छानविन कमिटी गठन गरी प्रतिवेदन समेत तयार गरेको छ । तर, कूटनीतिक संवेदनशीलतालाई दृष्टिगत गरी सार्वजनिक गरेको छैन ।
चीनसँगको यावत समस्याहरु एकपछि अर्को उठ्न थालेपछि चिनियाँ राजदूतावासको प्रवक्ताले यसबारे बोलेका छन् । प्रवक्ताका तर्फबाट चिनियाँ राजदूतावासले चीनले सीमा अतिक्रमण नगरेको दाबी गरेको छ । चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको सम्मान गर्दै आएको भनेको छ । नेपाल र चीनले सीमा समस्या सन् १९६० कै दशकमा समाधान गरिसकेको र हाल कुनै विवाद नरहेको उल्लेख गरिएको छ । दुवै देशमा सीमा सम्बन्धी मामलामा राम्रो सञ्चारहरु भइरहेको र व्यक्तिगत झूटा रिपोर्टको पछि नलाग्न भनिएको छ ।
तर पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीका अलावा चीनबाट उच्च अधिकारीहरु नेपाल आएर राजनीतिक हस्तक्षेपहरु गरेको विषय बाहिर आएको खबर ताजै छ । सीमा नाकामा चीनले नाकाबन्दी लगाएको विषयबारे कूटनीतिक तरिकाले कोभिड १९ को महामारीलाई कारण देखाएको छ । उसले अहिले कोरोना महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको बताएको छ । तर, एकतर्फी नेपालमा सामान पठाउन दिइएको उल्लेख गरेको छ । चीनले चाहेमा नेपालमा सामान आयात हुने तर यहाँबाट निर्यात नहुने गरी कडाई गरिएको छ । यसमा उसले कोरोना महामारीलाई देखाएको छ ।
एकात्मक रुपमा मात्रै सिमामा ओहोरदोहोर गर्ने उसको नितिगत नाकावन्दी बिरुद्ध कसैले बोल्ने साहस गरेको छैन । चीनको यस्तो धोखेबाजी नितिले भविष्यमा नेपाल प्रतिको उसको मानसिकता स्पष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।