333
Shares
इश्लामाबाद, ४ फागुन । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ ।
पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो ।
गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको छ । हत्या लगत्तै शव रुखमा झुन्डाइएको थियो । ढुंगाले हानेर हत्या गर्ने निर्णय भएको थाहा पाएर गएको प्रहरीले आरोपितलाई नियन्त्रणमा लिए पनि भीडले पुलिसबाट खोसेर हत्या गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानमा इस्निलामिक सरियतको निन्दा गरिएको आरोपमा यसरी ब्यक्तिको हत्या भएको पहिलो घटना भने होइन् । गत डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एक जना श्रीलंकनको हत्या गरिएकोथियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन