चीनमा सृजना भएको आर्थिक मन्दीको कारण त्यहाँका ३१ प्रान्तीय स्तरका सरकारहरूमध्ये २८ वटा सरकारले सन् २०२२ का लागि विगतका वर्षहरूको तुलनामा वृद्धिको लक्ष्य र नीतिगत लक्ष्यहरू घटाएको घोषणा गरेका छन्।
चीनको आर्थिक मन्दीको कारण यस्तो भएको तथ्यलाई सङ्केत गर्दै चीनको प्रान्तीय सरकारले आर्थिक वृद्धिको लक्ष्यलाई कम राखेका हुन्।
‘सांघाई, ग्वाङ्डोङ र बेइजिङ जस्ता क्षेत्रहरूमा पनि अघिल्लो वर्षको तुलनामा न्यून वृद्धिदर रेकर्ड गरेको हालैको तथ्याङ्कले चीनको कोभिड९१९ पछिको आर्थिक पुनरुत्थानको लागि चिन्ता उत्पन्न गरेको छ’, हङकङ पोस्टले रिपोर्ट गरेको छ।
‘अर्थतन्त्रमा वृद्धि भएको चीनको आधिकारिक दावीहरूको काउन्टर कमजोर बाह्य मागले गर्दछ। जसले राष्ट्रपति सी जिनपिङलाई देशको अन्धकार आर्थिक दृष्टिकोणको बारेमा चिन्तित बनाएको छ, यस वर्षको अन्त्यमा २० औं पार्टी कांग्रेसमा अर्को कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवारीलाई आर्थिक मन्दीले नकारात्मक असर गर्न सक्दछ’, रिपोर्टमा उल्लेख छ।
यस आर्थिक मन्दीको विषयमा सी जिनपिङ को नेतृत्वलाई नै विभिन्न मिडिया रिपोर्टहरुले आरोप लगाएका छन्।
कोभिड महामारीका कारण भत्किएको औद्योगिक चेन, कार्बन न्यूनीकरणको दबाब, विश्वव्यापी आपूर्ति शृङ्खला अवरुद्ध, बढ्दो बेरोजगारीले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको क्षमतामा गम्भीर शंका उत्पन्न गरेको मिडिया आउटलेटहरुले जनाएका छन्।
चीनमा युवाहरूमा बढ्दो बेरोजगारीले चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको लोकप्रियतालाई पनि असर पार्नसक्ने उल्लेख गरिएकाे छ।
सीको साझा समृद्धिको लक्ष्य चिनियाँ व्यापार सर्कलहरूमा थप बोझ बनेको छ किनभने बेइजिङले ठूला व्यवसायहरूमा आफ्नो पकड त बलियो बनाएको छ।उनीहरूबाट चन्दा प्राप्त गर्दा पनि धेरै अरबपतिहरूलाई जेलमा राखेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन