अफगानिस्तान-पाकिस्तान सिमा डुरान्ड क्षेत्रमा अफगान सुरक्षाकर्मी कर्मीको आक्रमक व्यवहार

359 Shares

इस्लामावाद। अफगान सीमा सुरक्षाकर्मीहरूले पाकिस्तान-अफगानिस्तान सीमा क्षेत्र डुरान्ड लाइनमा आफ्नो आक्रामक मनोवृत्ति, सीमा पार उल्लङ्घन र आपसी सहमति तथा स्थापित प्रक्रियाहरूको बेवास्ता जारी राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानी अधिकारीहरूले फेब्रुअरी २५ मा काबुललाई आफ्ना सैन्य सम्पर्क अधिकारीहरू तोर्खाम र चमनका सीमा समन्वय केन्द्रहरूमा उपस्थित भएको जानकारी दिएपछि पनि आक्रामक रवैया जारी राखेको बताइएको छ। उनीहरूलाई सैन्य सम्पर्कहरू प्रदान गर्न र दैनिक समन्वय, सीमा समस्याहरूको व्यवस्थापन र क्रस बोर्डर सहयोगको व्यवस्था गर्नका लागि खटाइएको थियो।

पाकिस्तानी पक्षका अनुसार पाकिस्तानी सेनाविरुद्ध अफगान सुरक्षाकर्मीहरूले गरेका यी कार्यहरू पारस्परिक रूपमा सहमति र सहयोगी संयन्त्रको मर्म विपरीत रहेको भन्दै पाकिस्तानी पक्षले आपत्ति जनाएको छ। इस्लामावादले यसअघि नै अफगान अधिकारीहरूलाई संयुक्त समिति बनाएर सीमाका सबै समस्या समाधान गर्न सुझाव दिएको थियो। पाकिस्तानले विवादित क्षेत्र तथा गाउँहरूमा विवाद समाधान नभएसम्म निर्माण रोक्न अनुरोध गरेको थियो तर अफगान पक्षबाट स्पष्ट रूपमा कुनै प्रतिक्रिया आएको छैन।

अफगान अधिकारीहरूले हालै अफगान हवाई क्षेत्रको उल्लङ्घन र पाकिस्तानी सेनाले अफगान सुरक्षा बलमा भारी हतियारहरू प्रयोग गरेकोप्रति चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी टोही विमान/ड्रोनले जनवरी र फेब्रुअरी २०२२ मा अफगानिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गरेको र डुरान्ड रेखाका क्षेत्रहरूमा गस्ती गरेको कुरालाई जोड दिएका छन्।

गत वर्ष तालिबान सत्तामा फर्किएपछि सीमामा तनाव बढेको थियो र पाकिस्तानले आतङ्कवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ। तालिबानले पाकिस्तानी आतङ्कवादीहरूलाई शरण दिएको अस्वीकार गरेका छन् र इस्लामाबादले आफ्नो औपनिवेशिक समयमा कोरिएको र डुरान्ड लाइन भनेर चिनिने २७०० किलोमिटर सिमानामा बार लगाउन खोजेको बताएका छन्।

तालिबान र पाकिस्तान बीचको मतभेद डुरान्ड लाइनको मुद्दामा जारी छ र पाकिस्तान र तालिबान बीचको द्विपक्षीय सम्बन्ध डुरान्ड लाइन र तहरीक-ए-तालिबान जस्ता समूहहरूको सीमा पार “आतङ्कवादी गतिविधिहरू” का कारण शत्रुतापूर्ण बन्दै गएको छ। पाकिस्तानले डुरान्ड लाइन नजिकका आदिवासी क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा ल्याउने र डुरान्डमा काँडेतारको लगाउने काम पूरा गर्न चाहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।