आतंकवादको सवालमा चीनको दोहोरो मापदण्ड

448 Shares

यितेन्द्र शर्मा

आतंकवादको बारेमा चीनको भूमिका कहिल्यै प्रष्ट रहेन । आफ्नो देश भित्र लोकतान्त्रिक अधिकारको माग गर्नेलाई पनि आतंकवादी ठान्ने चीनले भारतद्वारा आतंकवादी घोषित गरिएको व्यक्तिलाई जोगाउन समय समयमा आफ्नो भिटो पाँवरको समेत प्रयोग गर्दै आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा भारत र अमेरिकाले जैश–ए–मोहमदका आतंककारी अब्दुल रउफ अजहरलाई प्रतिबन्धित घोषित गर्न प्रस्ताव राख्दा चीनको दोहोरो मापदण्डका कारण यो पारित हुन सकेन । संयुक्त राष्ट्र सुरक्षा परिषदका ५ स्थायी र १० अस्थायी सदस्य मध्ये एक चीन बाहेक सबैले यस प्रस्तावको समर्थन गरे । केही साता अघि मात्रै लश्करे तैयबाका आतंककारी अब्दुल रहमान मक्कीलाई पनि प्रतिबन्धित गर्ने प्रस्ताव आएको थियो, तर चीनकै कारण त्यो पनि पारित हुन सकेन । केही वर्ष अघि जैश–ए–मोहमदका प्रमुख मौलाना मसुद अजहरको विषयमा पनि चीनले यस्तै भूमिकाको निर्वाह गरेको थियो ।

जैशका आतंककारी रउफ, मौलाना मसुद अजहरका कान्छो भाई हुन् । भारतको काश्मिरमा आतंकको बिस्तार हुनुमा जैश–ए–मोहमदलाई प्रमुख मानिन्छ । जतिबेला एफएटिएफले पाकिस्तानलाई गे्र लिष्टमा राखेको छ, त्यतिबेला देखि नै अजहरलाई भूमिगत अवस्थामा राखिएको छ । परिषदको बैठकमा दुई दिन अघि नै भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले चीन र पाकिस्तानको दोहोरा मापदण्डको कडा आलोचना गरेकी थिइन । चीनले यस सम्बन्धमा आफ्नो बचाउ गर्दै थप समयको माग गरेको छ । तर आजसम्म उसको अध्ययन पूरा भएको छैन जुन विश्वास गर्न सकिन्न । आतंककारीहरुको प्रत्यक्ष अथवा अप्रत्यक्ष समर्थन कसैले पनि गर्नु हुँदैन । अमेरिका तथा भारतले आतंककारी हमलाका कारण धेरै थोक गुमाएको छ । एउटा लोकतान्त्रिक देशले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ, कुनै निरंकुश शासक जस्तो उ चाहेर पनि दमनको नीति लिन सक्दैन । आतंकवादको सवालमा कुनै पनि देशले दोहोरो भूमिकाको निर्वाह गर्नु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।