श्रीलंकाली लेखा परीक्षणले चिनिया मल भित्रयाउने अधिकारी माथि कारवाहीको सिफारिस

386 Shares

यितेन्द्र शर्मा
श्रीलंका र चीन बीचको मल सम्झौताले टापु राष्ट्रको खजानालाई झण्डै सात मिलियन अमेरिकी डलरको हानी पुर्याएपछि डिसेम्बर २०२१ मा मलमा हानीकारक ब्याक्टेरिया रहेको प्रतिवेदनलाई अस्वीकार गरिएको थियो । तर अब लेखा प्रतिवेदनले ती अधिकारीहरु विरुद्ध कारवाही गर्न आहवान गरेको छ ।
चिनिया कम्पनी छिङ्गदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडवाट ८६ हजार मेट्रिक टन मल खरिद गरेको सम्बन्धमा श्रीलंकाको राष्ट्रिय लेखा परीक्षण कार्यालयले तयार गरेको विशेष लेखा परीक्षण प्रतिवेदनले पनि ऐन र सम्झौता अनुसार काम नगरेको भन्दै कालो सुचिमा राख्न सिफारिस गरिएको श्रीलंकाली समाचार पत्र सण्डे टाइम्समा उल्लेख छ । आपूर्तिकर्ता विरुद्ध कानूनी कारवाही अगाडि बढाउनुहोस र असुरक्षित मलको स्टक भित्र प्रवेश गर्ने प्रयास गरेकोमा क्षति पूर्ति प्राप्त गर्नुहोस रिपोर्टमा उल्लेख छ । विनाशकारी व्याक्टेरिया एर्विनिया र ब्यासिलस जसले श्रीलंकामा आर्थिक रुपमा मूल्यवान बालीहरु आयात गर्न नसकिने माइल्ड सड र बलाईट नाम रोगहरु निम्त्याउँछ । सम्झौताका शर्तहरु र १९९१ को बनस्पति संरक्षण ऐन नम्बर ३४ अनुसार श्रीलंकामा र त्यहाँ निमन्त्रणको लागि कुनै कुनै रसायन सिफारिस नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्राविधिक मूल्यांकन समितिका कुनै पनि सदस्यले मूल्यांकनमा प्रकृयामा भाग नलिने र प्रत्येक बोलपत्र दातावाट पूर्व योग्यता मुल्यांकन सम्बन्धि कागजातमा समितिका अध्यक्षले मात्रै हस्ताक्षर खरिद प्रकृया र प्राविधिक मूल्यांकनमा भएका कमजोरीवारे पनि प्रतिवेदनमा उल्लेख छ । त्यसपछि सम्बन्धित आपूर्तिकर्ता कम्पनीलाई सेप्टेम्बर २३, २०२१ मा शिपिंग सल्लाहद्धारा सुचित गरिएको थियो की २० हजार ५५० मेट्रिक टन मल चीनको छिङदाओ बन्दरगाहवाट कोलम्बो बन्दरगाहमा पठाइएको पनि उल्लेख छ ।
गत सेप्टेम्बरमा मलको कार्गो बोक्ने हिप्पो स्पिरिट जाहाज कोलम्बो बन्दरगाहमा लंगरमा राखिएको थियो तर प्लान्ट क्वारेण्टाईन ऐन बमोजिम निर्जतुकीकरण नगरिएको र हानिकारक पदार्थ रहेको पाईए पछि स्टक खोलन नसक्दा विवादास्पद अवस्था सिर्जना भएको थियो । ढुवानी स्वीकार गर्न र भुक्तानी अस्वीकार गर्न आयातकर्ताहरु दुई सरकारी स्वामित्वको कम्पनी सिलोन फर्टिलाईन रकोलम्बो कमर्शियल फर्टिलाईजर कम्पनी लिमिटेडले कोलम्बो वाणिज्य अदालतमा पिपुल्स बैंक विरुद्ध भुक्तानी निषेध प्राप्त गर्न मुद्दा दायर गरेको छ । कुटनीतिक माध्यमवाट मुद्दा उठाइएपछि महान्यायाधिवक्ताको सल्लाहमा मध्यस्थतावाट समाधान खोज्न मन्त्रिपरिषदलाई ज्ञापन बुझाइएको थियो । मल स्टक लागतको ७५ प्रतिशत लागि ६९ लाख अमेरिकी डलर अग्रिम भुक्तानी गर्न स्वीकृति दिइएको थियो । पछि अदालतको फैसला बमोजिम मल चाहिने कम्पोजिसन र गुणस्तरमा उपलब्ध गराउनु पर्ने शर्त राखेर दुवै मुद्दा टुंगो लगाइएको थियो तर हाल सम्म मलको स्टकको अपेक्षित मापदण्ड प्राप्त हुन सकेको छैन । मलका लागि भुक्तान गरिएको सम्पूर्ण रकम सरकारलाई घाटा पु¥याउने खालको रहेकोले कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।