zoom app will not download download us zoom zoom app download windows 10 india change desktop icon size windows 10 zoom app meeting id and password zoom para pc online

साहित्यकार कोहलीको कोरोनाबाट निधन

   ५ बैशाख २०७८, आईतवार ०८:३९  

रौतहट, ५ वैशाख । हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ ।
८१ वर्षको उमेरमा कोहलीको शनिबार साँझ निधन भएको भारतीय संचारमाध्यमले जनाएको हो । कोरोना संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायतका थुप्रै चर्चित साहित्यहरु रहेका छन् ।
सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो । कोहलीको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै