download emojis for zoom www zoom app download download zoom meeting app windows 10 zoom app sign in how safe is zoom meeting app zoom app architecture zoom msi silent install

बडहरबा र कटरवनको ऐतिहासिक चिनारी

   २१ असार २०७८, सोमबार ०८:३८  

सञ्जय साह मित्र

सर्लाही बलरा नगरपालिकाको छतौना निबासी इतिहास र संस्कृतिका जानकार मनमोहन सिंह भन्दै थिए ः “बडहरवाभन्दा पहिले जिल्लाको कामकाज हेर्ने निकाय सय वर्षसम्म समनपुरमा थियो भनेर मैले कतै पढेको वा सुनेको छु ।”

 

बहरवा अहिले आफै बिरानो बनेको छ आफ्नो ऐतिहासिक बिरासतबाट । वास्तवमा बडहरवा निकै पुरानो बस्ती हो । कुनै जमानामा यहाँ बडहरको जंगल थियो र त्यही बडहरबाट यो ठाउँको नाम बडहरवा रहन गएको हो भन्ने कुरामा द्विविधा छैन । अहिले दुर्गा भगवती गाउँपालिकाअन्तर्गत बमनहरसँगै रहेको बडहरवा ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण गाउँ हो ।

बहरवा अहिले आफै बिरानो बनेको छ आफ्नो ऐतिहासिक बिरासतबाट । वास्तवमा बडहरवा निकै पुरानो बस्ती हो । कुनै जमानामा यहाँ बडहरको जंगल थियो र त्यही बडहरबाट यो ठाउँको नाम बडहरवा रहन गएको हो भन्ने कुरामा द्विविधा छैन । अहिले दुर्गा भगवती गाउँपालिकाअन्तर्गत बमनहरसँगै रहेको बडहरवा ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण गाउँ हो ।
वि.सं. १८५८ श्रावण १३ गते, तदनुसार २६ जुलाई इ.सं. १८०१ का दिन महारानी राजराजेश्वरीदेवी रौतहटको बडहरबा नामक गाउँमा बसोबास गरेको देखिन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यको भीमसेन थापा उत्पादन तथा पतन भन्ने पुस्तक (पृष्ठ ५०) मा यसरी लेखिएको छ ः “… केही दिन बेतियाको रामनगरमा आएर तनहुँ राज्यका निर्वासित राजा हरकुमारदत्त सेनको आश्रयमा रही नेपाल अधिराज्यको राजधानी काठमाडौं सहरतर्फ फर्किरहेकी महारानी राजराजेश्वरीदेवी मूलकाजी कीर्तिमानसिंह बस्नेतको हत्या हुँदा रौतहट जिल्लाको बडहरबा नामक गाउँमा आएर बस्न थालेकी थिइन् ।” यसबाट यो स्पष्ट हुन आउँछ कि महारानी राजराजेश्वरीदेवी यहाँ केही समय बसेकी थिइन् ।
छतौनाका सिंहले भनेजस्तै रौतहट जिल्लाको प्रशासनिक केन्द्रको रूपमा नै रहेको अनुमान हुन्छ । नेपाल–अंग्रेज युद्ध हुनुभन्दा पहिले दुई देशबीच जमिनको विवाद थियो, त्यसमा बुटबल र स्युराजका साथै रौतहटका २२ मौजा पनि थिए । युद्ध हुनुपूर्व विवादास्पद जमिनबारे मुद्दा मिलाउन नेपालको तर्फबाट चन्द्रशेखर उपाध्यायलाई वार्ता गर्न खटाइएको थियो । “कलकत्ता सहरतर्फ लागेका नेपाली राजकीय दूत टक्सारी चन्द्रशेखर उपाध्यायले कलकत्तामा पुग्नका निमित्त तिरहुत क्षेत्रमा कार्यरत रहेका कम्पनी सरकारका स्थानीय प्रशासकबाट येनकेन राहदानीपत्रसम्म त प्राप्त गरेका थिए । तर त्यतिखेरै युद्धको घोषणा भएको खबर प्राप्त भएपछि उनी त्यहाँबाट यत्तिकै फर्केर आई रौतहटमा त्यहाँका प्रमुख प्रशासकका रूपमा कार्यरत रहेका सरदार परशुराम थापाका साथमा रहन थाले” (आचार्य, ऐजन पृ.१६३) । सरदार परशुराम थापा बडहरबामा नै सेनाको साथमा रहेका थिए । यहाँ सरदार थापालाई प्रमुख प्रशासक भनिएको छ । यसबाट जिल्लाको प्रमुख प्रशासनिक केन्द्र बडहरबामा थियो भन्ने पुष्टि हुन आउँछ ।
सरदार परशुराम थापा बडहरबामा तीन सय जना जति नेपाली सैनिकको नेतृत्व गरेर बसेका थिए । वि.सं. १९७१ मार्ग ११ गते, तदनुसार २४ नोभेम्बर इ.सं. १८१४ का दिन अत्याधुनिक हातहतियारले सुसज्जित १५ सयभन्दा बढी अंग्रेजी फौजले मेजर ब्राडसाको नेतृत्वमा बडहरबामाथि आक्रमण गरेको थियो । भयंकर ठूलो लडाइँ भएको थियो । सरदार परशुराम थापा यतिबेला पुगनपुग ७५ वर्षका भइसकेका थिए । आमनेसामनेको युद्धमा लेफ्टिनेन्ट बायलुसँग एकाएक भिडिन पुगकाले यिनी तिनैको हातबाट मारिए । यिनको नेतृत्वमा रहेका नेपाली सैनिकहरूमध्ये १५० जना जति सैनिकहरू या त युद्ध क्षेत्रमा नै मारिए अथवा विपक्षी सैनिकहरूद्वारा पक्रिए । यसै सैनिक मुठभेडमा कलकत्तासम्म पुग्न असफल भई त्यहाँ आई बसिरहेका टक्सारी चन्द्रशेखर उपाध्याय पनि पक्रिई विपक्षी अंग्रेजी सैनिकहरूको सैन्य शिविरमा पु¥याइए (आचार्य, ऐ. पृ. १७६) । सम्भवतः अंग्रेजहरूको सैनिकहरूको सैन्य शिविर घोडासहनमा थियो ।
बडहरबा आसपासमा कतै ठूलो महादेव मन्दिर थियो कि ? कतै कतै सुनेको वा पढेको लाग्छ ।
रौतहटका २२ मौजाहरू जुन विवादास्पद भनिएका थिए, ती २२ मौजाहरू सम्भवतः बडहरबाभन्दा दखिन नै हुनुपर्छ । र, नेपाल–अंग्रेज युद्ध समाप्त भएपछि जब तराई क्षेत्र पुनः नेपालको अधिनमा हुन तब रौतहटको प्रशासनिक केन्द्र बडहरबाबाट कटरबन गएको हुनुपर्छ । वि.सं. १९९० को महाभूकम्पसम्म रौतहटको प्रशासनिक केन्द्र (सदरमुकाम) कटरवन नै रहेको देखिन्छ र सोही वर्ष निर्णय भई सदरमुकाम गौर बजार सारिएको उल्लेख पाइन्छ । १९९० चैतदेखि १९९१ वैशाखमा गौर बजारमा सदरमुकाम सरेको हुनुपर्छ ।
कटरवन पनि निकै पुरानो गाउँ हो । जतिखेर यो मकवानपुर राज्यअन्तर्गत पर्दथ्यो, त्यत्तिखेरको कुरो हो । मकवानपुरका राजा हरिहरसेन सम्वतः वि.सं. १६८५ को पुस पूर्णिमाका दिन कटरवनमा थिए । कान्तिपुरबाट नृत्यांगना नर्मदालाई बोलाइएको थियो । यस दिन कटरवनमा राजदेवी मन्दिरको स्थापना हुँदै थियो ।
कटरवन औपचारिक नाम हो । सम्भवतः यहाँ कटहरको बन थियो । कटहरको बन कटहरबनबाट कटरवन भएको यस ठाउँलाई साधारण बोलचालमा कडबना वा कडबन्ना भन्ने गरिन्थ्यो ।
हरिहरसेन दक्षिणतिर आउँदा बागमतीको किनारमा अवस्थित कटरवनमा नै बास बस्न मन पराउँथे । कटरवन बागमती नदीको किनार रहेकोले हावापानी स्वच्छ थियो । हरिहरसेनले राज्यको सिमाना गंगा नदीसम्म पु¥याएकाले कतैबाट आक्रमणको डर पनि थिएन । पर्याप्त फलफूल पाइने ठाउँ भएको र मधेसको संस्कृति बुझेको हुनाले हरिहरसेनलाई मकवानपुरगढीजतिकै मन पथ्र्यो कटरवन पनि । सधैँ आइरहनुपर्ने ठाउँ भएकोले तराई मधेसमा राजा आउने ठाउँमा राजदेवी मन्दिर चाहिन्छ भन्ने थियो । प्रजाकै चाहनाबमोजिम राजदेवी मन्दिर स्थापना हुन थालेको थियो कटरवनमा ।
राजा हरिहरसेन आफै उपस्थित भई राजदेवी मन्दिरको स्थापना गराउँदा राजदेवीसँगसँगै कटरवनमा धनधान्यकी देवी बगलामुखी तथा विलासकी देवी त्रिपुरसुन्दरीको प्रतिमा पनि स्थापना गराए । राजदेवी मन्दिरसमेत अन्य देवीहरूको मन्दिरलाई संयुक्तरूपमा राजदेवी नै बढी प्रचलनमा रह्यो । राजाले पूजा गर्ने राजदेवी वा राजाकी देवी राजदेवी मन्दिर नामकरण भएसँगै राजा हरिहरसेनले समग्र मन्दिरको नियमित पूजाआजा, पुजेरी र मन्दिरको खर्चसमेतको निमित्त दुई गाउँ (चिकना र कटरवन) मा यस बिघा जमिन बिर्ता दिई विष्णुकान्त मिश्रलाई पुजारी नियुक्त गरे भनी शीतल गिरीले जीवाश्म भन्ने पुस्तक (पृष्ठ १११) मा लेखेका छन् ।
तीन सय वर्षभन्दा लामो समयसम्म कटरवन कुनै न कुनै रूपमा धेरैको आकर्षणको केन्द्रको रूपमा रहेको थियो । यसलाई बागमती नदीले निकै सताएको देखिन्छ । पहिलेका मानिसहरू भन्ने गर्दथे कि बागमती नदी राजदेवीको दर्शन गर्न आउँथे । यसैकारण पहिलेको ठाउँमा राजदेवी मन्दिर रहिरहन सकेन । अहिलेको राजदेवी मन्दिर तेस्रो ठाउँमा रहेको बुझिन्छ । पहिले मन्दिर निर्माण गरिएको ठाउँ र बस्ती दुवै अहिलेको बागमती नदीको मुख्य धारमा रहेको धेरैले बताउने गरेका छन् । बागमतीको कटानमा परेपछि अर्को ठाउँमा सारिएको राजदेवी मन्दिरलाई दोस्रो ठाउँमा पनि बागमती नदीको बाढीले आक्रमण गरेपछि तेस्रो ठाउँमा बनाइएको हो ।
ऐतिहासिक कटरवन अहिले जिल्लाको एउटा कुनामा आफ्नै परिचय खोजिरहेको गाउँ बनेको छ । यहाँबाट कुनै दिन सम्भवतः मकवानपुर राज्यको लागि हुकुम आदेश जारी हुन्थ्यो भने कैयौँ वर्षसम्म सम्भवतः जिल्लाको प्रशासन चल्दथ्यो ।
बडहरबा र कटरबनको ऐतिहासिकता संरक्षणको लागि स्थानीय सरकारले समयमा उचित चासो लिनुपर्ने देखिन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै