तालिवान माथि खनिए कतार

   १६ आश्विन २०७८, शनिबार ०६:४०  

रौतहट । अफगानिस्तान माथि हमला गरी सत्ता कब्जा गरेका तालिबानलाई खुल्ला मनले समर्थन गर्ने देश कतार हाल यो संगठन सँग निकै रिसाएको छ ।
कतारका एक शीर्ष कुटनीतिज्ञले महिला शिक्षाका लागि तालिबानको व्यवहार असाध्यै निराशाजनक भएको र यो कदमले अफगानिस्तानलाई थप पछि धकेल्ने बताए । यदि तालिबानले साँच्चै नै एक इस्लामिक सिस्टम मार्फत् देश चलाउन चाहेको छ भने तालिबानले कतारबाट सिक्नु पर्ने समेत बताए ।
कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीति प्रमुख बोरेल सँग कुराकानी गर्दै र थुप्रै मुद्दा सहित अफगानिस्तानमा महिलाको शिक्षा माथि रोकलाई निराशाजनक बताए । उनले भने, ‘हालै अफगानिस्तानमा जुन प्रकारको कदम उठाइएको छ, जसले अफगानिस्तानलाई विकासको बाटोमा निकै पछाडि धकेलिन सक्छ । यो निकै दुर्भाग्यपूर्ण हो । ’
स्मरण रहोस्, अमेरिकी सेना निस्किए पछि अघिल्ला केही हप्तामा अफगानिस्तानमा उथलपुथल मच्चिएको छ । कतारले यो संवेदनशील समयमा अफगानिस्तानलाई असाध्यै मद्दत गरेको छ । कतारले काबुल विमानस्थलका काम कारवाही सम्हाल्न मद्दत गरेको थियो । यसबाहेक हजारौं विदेशी र अफगानीलाई पनि यो देशबाट निकाल्न मद्दत गरेको थियो । यसबाहेक अफगानिस्तानमा तालिबानको कब्जा पछि त्यहाँ आफ्नो उच्च स्तरीय प्रतिनिधि मण्डल पठाउने कतार संसारको पहिलो देश बनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै