रौतहट, १ कार्तिक । शकिब अल हसन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन् ।
टी–२० विश्वकपको क्वालिफायर राउण्डमा बंगलादेश स्कटल्याण्डबाट ६ रनले पराजित भएका हुन् । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा १४० रन बनाउने क्रममा शकिबले १७ रन खर्चेर २ विकेट लिए । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो १०८ औँ विकेट थियो । उनले श्रीलंकाका लसिथ मलिंगाको १०७ विकेटको कीर्तिमानलाई उछिनेका हुन् ।
स्कटल्याण्डका लागि क्रिस ग्रिभेसले सर्वाधिक ४५ रन बनाए भने ओपनर जर्ज मुन्सेले २९ तथा मार्क वाटले २२ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसनले ३ तथा शकिब र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुसफिकुर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान मोहमदुल्लाहले २३ तथा शकिबले २० रन बनाए । ब्राड वाटले ३ विकेट लिए । यसअघि ओमानले पहिलो खेलमा पपुवा न्यू गिनीलाई १० विकेटले पराजित गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन