चलचित्रको माध्यमबाट मित्र राष्ट्र प्रतिको भावनालाई उदाँगो पार्ने कार्य अशोभनिय

491 Shares

प्रभातकुमार झा
आदीकाल देखि नेपाल भारत विच अत्यन्तै शालिन, पारसपरिक, साँसस्कृति, भौगोलिक, एवं रगतको सम्बन्ध रहेको सर्वविदितै छ । यहाँ सम्म कि नेपाली चेलीवेटी एवं भारतीय चेलीवेटीको बैवाहिक सम्बन्धले सुनमा सुगन्ध थपिएको छ । जसलाई अहिलेका पुस्ताहरुले रोटिवेटीको सम्बन्ध पनि भन्ने गर्दछ ।
यो सम्बन्ध आजको होइन रामायणकालमा अयोध्याको राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्मनु भएका मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलाको राजा जनकको छोरी माता सिता संग विवाह भएको एक मधुर सम्बन्धले दुई देश विचको सम्बन्धलाई अझ प्रगाढ बनाएको इतिहास हामी विच छर्लंग छ ।
पछिल्ला समयहरुमा पनि वैवाहिक सम्बन्ध चलिरहेको छ । नेपालको आन्तरिक रुपमा भारतले सहयोग गरिरहेको छ भने भारतीय स्वतन्त्रता संग्राममा नेपालीहरु पनि आहुती दिएर एक अर्का प्रति आईपरेको शंकटलाई दुर गर्न कहिल्यै पछि नपरेको स्वर्णिम इतिहास पनि यथावतै छ ।

तर केही व्यक्तिहरुको क्षणिक स्वार्थको कारण दुवै देश प्रति नकारात्मक भावना सृजना गराउने केही तत्वहरु सलबलाईरहेको पनि छ । त्यस्ता तत्वहरुलाई पहिचान गरेर अपवाह फैलाउने, दुवै देशका नागरिक प्रति खाडल उत्पन्न गर्ने, मित्रतामा तित्तता फैलाउने, अविश्वासको वातावरण सृजना गराउने खालको अराजक तत्वहरुलाई पहिचान गर्नुपर्ने नितान्त आवश्यक भईसकेको देखिन्छ ।


तर केही व्यक्तिहरुको क्षणिक स्वार्थको कारण दुवै देश प्रति नकारात्मक भावना सृजना गराउने केही तत्वहरु सलबलाईरहेको पनि छ । त्यस्ता तत्वहरुलाई पहिचान गरेर अपवाह फैलाउने, दुवै देशका नागरिक प्रति खाडल उत्पन्न गर्ने, मित्रतामा तित्तता फैलाउने, अविश्वासको वातावरण सृजना गराउने खालको अराजक तत्वहरुलाई पहिचान गर्नुपर्ने नितान्त आवश्यक भईसकेको देखिन्छ ।
आज भन्दा २० बर्ष अघि रितिक रौशन काण्डको नामबाट भारतीय नागरिक प्रति नेपाली नागरिकहरुमा भ्रम छरेर गराइएको घटना सवैलाई सम्झना नै छ जस्तो लाग्छ । सत्य एवं तथ्यको धरातलमा टेकेर अवाज उठाउदा कसै पनि दुर्भावना राख्नु हुँदैनन खासगरी बेटी रोटीको सम्बन्ध रहेको दुई देश विचको मित्रताको सम्बन्ध अझ प्रगाढ बनाउने खालको अभियानहरु सृजना गर्नु पर्छ नकि वितृष्णा फैलाउने कार्य कदापी सह्य हुदैन ।
यसै सन्दर्भमा कुरा गर्दा पुन ः रित्तिक रौशन काण्ड जस्तै केही दिन देखि नेपालको एउटा चलचित्रको भिडियो क्लिप भाईरहल भईरहेको छ । गोल्डेन आई नामक फिल्म कम्पनीको ब्यानर उल्लेखित उक्त चलचित्रको निर्देशन दयाराम दयालको र अभिनयमा सुपरस्टार नेपाली अभिनेता राजेश हमालद्धारा अभिनित रहेको नेपाल चलचित्र “दशगजा” मा प्रस्तुत गरिएको विषय बस्तुबाट भारतीय सुरक्षाकर्मीको मनोवल खसाउने र त्यसको कार्यशैलीलाई उदांगो पारेर प्रस्तुत गरिएको पाइएको छ । उक्त भिडियो क्लिप समाजिक संजाल फेसबुकको माध्यमबाट केही दुबै देशको भलो नचिताउने कुतत्व व्यक्तिहरुबाट भईरहेको प्रति समयमै सम्बध निकायको ध्यानाकर्षण हुनु नितान्त आवश्यक देखिन्छ ।
नेपाल चलचित्र “दशगजा” को भाइरल भईरहेको भिडिओमा भारतीय सिमामा तैना सिमा सुरक्षा बल (एसएसबी) प्रति जनताको आक्रोश दखाउन खोजिएको हुँदा यस्ता फिल्मको निर्माणबाट के देखाउन खोजिएको हो ? प्रश्न उठ्नु स्वभविकै हो । काठमाडौं मा बसेर एसएसबी विरुद्ध सिमा क्षेत्रको जनतालाई भडकाएर के गर्न खोजिदै छ ? यस्तो चलचित्रबाट दुई देश विच कस्तो असर पर्ला ? अलिकति पनि ख्याल राखेनन यि निर्देशक दयाराम दयालले । चलचित्र क्षेत्रबाट जनतामा धेरै असर हुने गर्दछ । निर्देशन एवं अभिनय गर्ने पात्र कहिले पनि सिमा क्षेत्रमा बसेर दिनचर्या चलाएछ ? यदी चलाएको भए यस्तो चलचित्र निर्माण गर्नु अघि हजार चोटी सम्झीन पर्दथ्यो ? तर त्यासो गरिएन । एसएसबीलाई होच्याएर मित्र राष्ट्र भारतलाई घोच्याने एवं तल देखाउने मानसिकता भन्दा बढि केही नभएको त्यस्ता कार्य गलत भएकोमा नेपाल भारत बोर्डर मिडिया हार्मोनीले पनि आपत्ति जनाएको छ ।
नेपाल भारत बोर्डर मिडिया हार्मोनीका विश्वनाथ चौधरीले परापुर्व काल देखि नेपाल भारत विचको सम्बन्धलाई धुमिल पार्ने जो कोहि तत्वलाई समयमै निरुत्साहित गर्नुपर्छ उनले भने । मित्र राष्ट्र विरोधी मानसिकता बढाउने, भारतीय प्रति नेपालमा द्धन्द सृजना गर्ने, कुटिल षड्यन्त्र गरिरहेको हुँदा त्यसता जनविरोधी, मित्रविरोधी, राष्ट्र विरोध तत्वको विरुद्ध एकजुट भई अघि बढ्नुपर्ने देखिन्छ ।
आज मात्रै होइन जव जव नेपालमा दैवी विपता आउँछ एउटा असल छिमेकीको भुमिका भारत निस्वार्थ रुपमा निर्वाह गर्दै आएको छ । चाहे २०७२ सालको भुकम्प होस, बाढि डुवानको समस्या होस तथा विभिन्न पूर्वाधार निर्माणमा मित्रवत सहयोग भारतले गर्दै आएको छ ।
आशा छ त्यता जनविरोधी फिल्मबाट अलिकती पनि विचलित नभई डटेर निर्माण गर्ने निर्माता, निर्देशन गर्ने निर्देशक र अभिनय गर्ने कलाकारलाई जनभावना विपरितको छ्याँकन गर्नमा सम्बन्धित निकायबाट रोक लगाई पनिष्मेन्ट गरेमा मात्रै आउदा दिनहरुमा भ्रमको खेती गर्नेहरु विरुद्ध कानुनी डण्डा चलाई सार्वभौम नेपाली जनतालाई एकताको सुत्रमा बाधी मित्र प्रतिको सम्बन्ध र दृष्टिकोर्णमा सकारात्मक सुधारको खाँचो रहेको आजको आवश्यक्त देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार