तराई टप
समाजिक संजाल मार्फत अल्पसंख्यक समुदाय विरुद्ध गरिएको गलत प्रचारबाजीको कारण चीन, रुस सहित विभिन्न ६ वटा देशमा रहेका संघसंस्थाहरुको द्विटर अकाउनट बन्द गरेको छ ।
चीनमा अल्पसंख्यक रहेका उइगर मुस्लिम समुदायलाई होच्याउने, विभिन्न खालको असमाजिक सदभाव विथोल्ने जस्ता कार्य त्यहाँका केही समाजिक संघसंस्थाहरुले गर्दै आएपछि त्यस्ता कार्यको छानविन गर्दै द्विटरले ३५ सय द्विटर अकाउन्ट बन्द गरिएको जानकारी द्विटरले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको हो ।
विभिन्न समयमा मुस्लिम समुदायको उइगर मुसलमान माथि चीनले गरिरहेको दमन शोषणको साथै गम्भीर खाले मनवअधिकारको उलंघन गर्दै नरसंहार जस्ता कार्यलाई त्यहाँका विभिन्न संघसंस्थाहरुले द्विटरबाट झन् बढावा दिएकोमा त्यस्ता संघसस्था विरुद्ध द्विटर गम्भीर भएर अकाउन्ट बन्द गरेको जनाएको छ ।
चीनको सिनजियाँग प्रान्तमा उइगर मुसलमान माथि गरिएको नरसंहार गरेर मानवअधिकारको चरम उलंघन चिनले गर्दै आएको छ । जानकारहरुको अनुसार १० लाख भन्दा बढि उइगरलाई विभिन्न शर्नार्थी शिवरमा राखिएको तथा उनीहरु माथि गरिने चिनियाँ व्यवहारबाट वेला वेलामा अन्तरराष्ट्रिय समुदायले आलोचना गर्दै आएका छन् ।
त्यती मात्रै नभई चीनमा समाजिक संजाल फेसबुक र द्विटर माथि प्रतिबन्ध छ तर, अन्तरराष्ट्रिय मञ्चमा आफना विचार राख्ने वा आफना दृष्टिकोर्ण सार्वजनिक गर्न बेइजिंगले यी दुबै समाजिक संजालको प्रयोग गर्दै आएको श्रोतको दाबी छ । बेइजिंग समर्थित २०४८ अकाउण्टहरु द्विटरले सिन्जियांगको क्षेत्रिय सरकार संग जोडिएको चयाँगु अल्चर कम्पनीका ११२ अकाउण्ट बन्द गरिदिएको बताइएको छ । अल्पसंख्यक उइगर समुदाय माथि दमन एवं चरम शोषण गर्न समेत यस्ता अकाउण्टहरुको प्रयोग हुँदै आउदा बन्द गरिएको द्विटरले जनाएको छ ।
द्विटरले रुसी कम्पनी इन्टरनेट रिसर्च एजेन्सीको १६ अकाउण्ट, मेक्सिको का २७६, भेनेजुएलाका २७७ अकाउण्ट बन्द गरिदिएका छन् । यसैगरी नागरिकको अधिकार समुह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्द्र अफ्रिकाको २६८ वटा र राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्द्र युगान्डाका ४१८ गरी ३५ सय अकाउण्ट बन्द गरिदिएका छन् ।
द्विटरले भनेका छन्, मानवता विरोधी गतिविधिमा द्विटरको प्रयोग गरेर यसप्रतिको आस्था एवं विश्वासलाई धुमिल पार्ने अधिकार कसैलाई नरहेको हुँदा मानवले प्रयोग गर्ने द्विटर हैण्डललाई सुरक्षित राख्ने कठोर कदम चालिएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एजेन्सी