८ लाख तिब्बती बालबालिकालाई चिनियाँ संस्कृति लाद्न बाध्य बनाउदै चीन

   २८ मंसिर २०७८, मंगलवार १५:३८  

एजेन्सी
बेइजिंग, २८ मंसिर । चीनले करिब ८ लाख तिब्बती बालबालिकालाई आफ्ना अभिभावकबाट अलग पारेको तथ्य सार्वजनिक भएको छ । तिब्बत एक्सन इन्स्टिच्युट (टिएआई) को रिपोर्टले तिब्बती बालबालिकालाई चिनियाँ संस्कृतिमा ढाल्न करिब ८ लाख बालबालिकाहरुलाई उनीहरुको अभिभावकबाट अलग पारिएको हो ।
टिएआइका अनुसार ६ देखि १८ वर्ष उमेरका करिब ८ लाख तिब्बती बालबालिकालाई चीनले आफ्नो उपनिवेशमा रहेका बोर्डिङ स्कुलमा राखेको छ । ती बालबालिकाहरुलाई तिब्बतको बौद्ध धर्म र त्यहाँको संस्कृतिबाट टाढा राखेर चिनियाँ संस्कृति लाद्न उनीहरुको अभिभावकबाट अलग गरी टाढा राखेको सो रिपोर्टको निष्कर्ष रहेको छ ।
तिब्बतमा शिक्षाका वैकल्पिक मार्गको अभाव र चीन सरकारको दमनका कारण अभिभावकहरु बलबालिका सँग अलग्गिन बाध्य भएको तिब्बतको नेसनल रिभ्यु म्यागजिनले उल्लेख गरेको छ । अभिभावकबाट अलग्गिएका बालबालिकाले तिब्बती संस्कृति, धर्म र भाषा सिक्नबाट वञ्चित हुने र उनीहरुलाई चिनियाँ संस्कार अनुसार हुर्किने प्रक्षेपण गरिएको विश्लेषकहरुले बताए ।
यसै बिच पूर्वी चीन सागरमा जहाज डुब्दा कम्तीमा ४ को मृत्यु
हिनान ः पूर्वी चीन सागर कोस्टमा कार्गो जहाज डुब्दा कम्तिमा ४ मानिसको मृत्यु भएको छ । आइतबार बिहान यान्ताई सहरको कोस्टमा कार्गो जहाज डुब्दा कम्तिमा ४ मानिसको मृत्यु भएको हो ।
सो जहाज दुर्घटनामा परी ७ मानिस अझै हराइरहेको सिन्ह्वा न्युजमा उल्लेख रहेको छ । दुर्घटनामा परेका अन्य तीन मानिसको भने सकुशल उद्धार गरियो । करिब १४ क्रु मेमबर बोकेको कार्गो जहाज दुर्घटनामा परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै