आतंकबादी गतिविधिमा संलग्न रहेको आरोपमा तब्लिगी जमात माथि साउदी अरबले प्रतिबन्ध लगाए

   २८ मंसिर २०७८, मंगलवार १५:४०  

एजेन्सी
साउदी अरबको सरकारले सुन्नी मस्लिम समुदायको सबैभन्दा ठूलो संगठन तब्लिगी जमात माथि प्रतिबन्ध लगाएको छ ।
विभिन्न आतंकी गतिविधिमा संलग्न रहदै आएका सुन्नी समुदायको संगठन तब्लिगी जमात माथि साउदी अरब सरकारले प्रतिबन्ध लगाउदै उनीहरुलाई ठूलो झट्का लागेको हो । साउदी अरबको सरकारले तब्लिगी जमात, समाजको लागि खतरनाक एवं देशमा अमन चैनमो खलल पुर्याउने तत्वको रुपमा लिदै ति संगठन माथि प्रतिबन्ध लगाएका छन् ।
साउदी अरबको इस्लाम मामिला मन्त्रालयले सुन्नी इस्लामिक संगठनलाई आतंकबादीहरुको संगठन भएको ठहर गर्दै ति समुदायको मानिसहरु संग संगत एवं साँठगाँठ नराख्न समेत निर्देशन दिएको छ । साउदी अरब सरकारको सो निर्णयबाट तब्लिगी जमातमाथि गहिरो धक्का एवं असर परिरहेको कतिपय विश्लेशकहरुको धारणा रहेको छ ।
तब्लिगी जमातले सुन्नि इस्लाम धर्म प्रबद्र्धन गर्न आफनो संख्या बढाउन जबरजस्ती गर्ने गरेको साउदी अरबको इस्लाम मामिला मन्त्रालयको भनाई रहेको छ । विश्वमा अहिले आतंकवादी गतिविधिमा अधिकाँश सुन्नी समुदायका युवाहरुलाई तब्लिगी जमातले होनिने कार्यमा संलग्न गराउने कार्यलाई निस्तेज पार्न साउदी अरबको उक्त कदमलाई सुरक्षा विश्लेशकहरुले सकारात्मक कदमको रुपमा लिएका छन् । आउदो दिनहरुमा तब्लिगी जमातको आतंकवादी जस्ता देशद्रोही हर्कतमा कमी आईरहेको छ कि छैन त्यस माथि साउदी अरबको उक्त मन्त्रालयले सुक्ष्म निगरानीमा राखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै