एजेन्सी
नयाँ दिल्ली, २८ मंसिर । भारतले सानो दुरीमा मार गर्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।
मंगलवार भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डिआरडिओ) ले आकाशमा मार गर्न सक्ने सानो दुरीको क्षेप्यास्त्रको सफल परिक्षण गरेको जनाएको हो । भारतले यसै बर्षको फेब्रुअरीमा क्षेप्यास्त्रको पहिलो परिक्षण गरेका थिए तर उक्त परिक्षण सफल भएको थिएनन् ।
चीन र पाकिस्तानले भारत विरुद्ध कुटिल षड्यन्त्रहरु बुनिरहेको समयमा भारतीय सुरक्षाको लागि आकाशमा मार गर्ने क्षेप्यास्त्रको परिक्षणबाट सटिक हतियार पाएको सुरक्षा विज्ञहरु बताउँछन् । सो क्षेप्यास्त्र भविष्यमा भारतीय नौसेनाले प्रयोग गर्नेछन् । ओडिशाको तटमा रहेको चंडीपुर स्थित एकीकृत परिक्षण दायराबाट परीक्षण गरिएको थियो ।
भारतीय रक्षा मन्त्रालयका अनुसार निकै कम उचाईमा इलेक्ट्रोनिक लक्ष्य राखिएका थिए । जस विरुद्ध क्षेप्यास्त्रले सफलतापूर्वक लक्ष्यलाई पुरा गर्न सफल भयो ।
आईटीआर, चंडीपुरद्धारा तैनाथ धेरै उपकरणहरुलाई निगरानीको रुपमा प्रयोग गरिएको छ । यस क्षेप्यास्त्रको उडान मार्गलाई अनुगमन गरी मात्रै प्रयोगमा ल्याएको बुझिएको छ । सबै उप प्रणालील अपेक्षा अनुरुप काम गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
क्षेप्यास्त्रको सफल परीक्षणका निम्ति रक्षामन्त्री राजनाथ सिंहले डीआरडीओ, भारतीय नौसेना र उद्योगलाई बधाई दिदै आभार व्यक्त गरे । यस प्रणालीले हवाई खतरा विरुद्ध भारतीय नौसेना जहाजको रक्षा क्षमतामा वृद्धि गर्ने उनले बताए ।