भुटानको साकतेङ क्षेत्रलाई चिनियाँ दाबीलाई भुटानको कडा शब्दमा आपत्ती

396 Shares

एजेन्सी
भारतसँग निकट सम्बन्ध रहेको भुटानको पूर्वी भागमने क्षेत्रम चीनले गिद्दे दृष्टि राख्दै एउटा राष्ट्रिय निकुञ्जलाई आफनो भनेर दाबी गर्दा भुटान अचम्मा परेको छ ।
अधिकाँश टिप्पणीकारहरू भटान र चीन सिमा विवादको वारे विस्तृतमा छलफल गर्न चाहँदैनन्, तर धेरैले भारत सँगको सीमा विवादलाई लिएर देखिएको गतिरोधमा बेइजिङले भुटानलाई पनि कब्जा गर्न खोजेको रुपमा देखिरहेको हो ।
बौद्ध धर्मावलम्बी जनसंख्या धेरै रहेको भुटानको कुल जनसंख्या ७,५०,००० रहेको छ । गत एप्रिल महिनायता विश्वका धेरै नसंख्या भएका दुई देश चीन र भारतले एक अर्का माथि आफ्नो सीमामा अतिक्रमण गरेको आरोप लगाउँदै सीमा क्षेत्रमा दशौँ हजार सैनिक परिचालन गरेका छन् ।
चौधवटा देशसँग सीमा जोडिएको चीनको सबै संग सिमा विवाद कायमै रहेको छ । भारत र भुटान चीन संग जुझारु पूर्वक लड्दै चीनिया हरेक हर्कको मुहतोड जवाफ दिदै आएको छ ।
‘भुटानलाई चिढ्याउने चीनको प्रयास’


गत जुन महिनामा संरक्षण सम्बन्धी एउटा ‘भर्चूअल सम्मेलन’का क्रममा बेइजिङले पहिलो पटक भुटानको पूर्वी भागमा रहेको करिब ७४० वर्गमा फैलिएको साकतेङ क्षेत्र हाम्रो हो भनेर दाबी गरे सँगै भुटानले आश्चर्यलाग्दो कदन उठाउन बाध्य नबनाउन चीनलाई भनेका थिए । थिम्पुस्थित सरकारले उक्त क्षेत्रमा केही परियोजनाका लागि सहायता गर्न अमेरिकामा रहेको एउटा वातावरण सम्बन्धी समूह ‘ग्लोबल इन्भाइरन्मन्ट फसिलिटी’लाई अनुरोध गरेको थियो ।
चीनका प्रतिनिधिहरूले भने उक्त क्षेत्र विवादित रहेकोले त्यहाँ कुनै रकम सहायता स्वरूप दिन नहुने भन्दै विमति जनाएका थिए । भुटानले चीनको दाबी अस्वीकार गर्दै सीमालाई लिएर विगतमा भएका २४ चरणको वार्तामा यो क्षेत्रबारे कहिल्यै कुरा नउठेको जनाएको थियो । यो वर्षको सुरुमा २५ औँ चरणको वार्ता राखिएको भए पनि कोरोना भाइरसको महामारीका कारण त्यो पछि धकेलिएको थियो । गत जुलाई महिनामा चीनको विदेश मन्त्रालयका प्रवक्ताले “चीन र भुटानबीचको सीमाङ्कन अझै बाँकी रहेको र मध्य, पूर्वी र पश्चिमी क्षेत्रको सीमा विवादित रहेको” बताएपछि आन्तरिक विवाद बढको जानकारहरु बताउँछन् ।
साकतेङ क्षेत्र
भुटानका इतिहासकार कर्मा फुन्त्शो भन्छन “साकतेङ राष्ट्रिय निकुञ्ज कहिल्यै पनि विवादित क्षेत्र थिएन र सधैँ भुटानकै नियन्त्रणमा थियो । चीनसँग उक्त क्षेत्रको आबद्धताको कुनै प्रमाण छैन ।” “ग्लोबल इन्भाइरन्मेन्ट फसिलिटीमा हालै चिनियाँ अधिकारीले गरेको दाबी सायद भुटानलाई चिढ्याउने चीनको प्रयास हो ।”
‘भारतलाई दबावमा राख्ने तरिका’
थिम्पु र बेइजिङबीच सन् १९८४ देखिको सीमा वार्ता खासगरी पश्चिममा रहेको २६९ वर्ग किलोमिटर र उत्तरमा रहेको करिब ५०० वर्ग किलोमिटरमा केन्द्रित छ । “चीनका सबै आधिकारिक नक्साले साकतेङलाई भुटानकै भाग भनेर देखाउँछन् । सन् २०१४ मा चीन आफ्नो सबैभन्दा महत्त्वाकाक्षी नक्सा सहित आयो जसमा बृहत् क्षेत्रीय दाबीहरू गरिएको थियो । तर त्यो नक्सामा पनि साकतेङ निकुञ्ज भुटानकै भागका रूपमा देखाइएको थियो,” भुटानको साप्ताहिक पत्रिका द भुटनिजका सम्पादक तेन्जिङ लम्साङले भने । भारत र चीनको विवादको बीचमा परेको महसुस गर्नु भुटानका लागि अनौठो होइन । तीन वर्षअघि भारतमा दोक्लाम र चीनमा दोङ्लाङ भनिने क्षेत्रमा देखिएको सङ्कटका कारण सीमा सम्बन्धी वार्ता रोकिएको थियो ।
भुटानको नक्सा
सन् २०१७ को जुनमा भारतीय फौज र चिनियाँ फौजबीच भिडन्त भएको थियो । चिनियाँ फौजले भारत, चीन र भुटानको त्रिदेशीय सीमामा पर्ने महत्त्वपूर्ण क्षेत्रमा बाटो विस्तार गर्न थालेको थियो । उक्त क्षेत्र भुटानको आफ्नो दाबीको क्षेत्र हो र आफ्नो छिमेकीलाई सहायताका लागि उसको पक्षबाट भारतले चिनियाँ फौजलाई चुनौती दिएको थियो । दोक्लाम क्षेत्र दिल्लीका लागि रणनीतिक महत्त्वको छ किनभने “चिकेन्स नेक” भनिने कुखुराको घाँटी जस्तो साँघुरो रूपमा बयान गरिने सिलिगुडी करिडोर त्यही क्षेत्रमा पर्छ जसले भारतको उत्तर–पूर्वी राज्यहरूलाई बाँकी देशसँग जोड्छ ।
भविष्यमा हुने कुनै पनि द्वन्द्वमा चिनियाँ फौजले उक्त करिडोर आफ्नो नियन्त्रणमा लिनसक्ने डर भारतलाई छ । दुवै देशले वार्ताहरू जारी नराखे पनि सीमा विवाद कसरी चर्किन सक्छ भन्ने यसले देखाएको छ । भूउपग्रहका तस्बिरहरूले दोक्लामको द्वन्द्व भएको क्षेत्र नजिकै चीनले हेलिपोर्ट लगायत बृहत् रूपमा सैन्य सञ्जाल बनाएको देखाएका छन् ।
“भुटानलाई मात्रै नभई भारतलाई पनि दबाव र प्रभावमा राख्नुका साथै सिमा मिच्दै आफनो विस्तारवादी नितिलाई अगाडी बढाउने चीनको सोचे सम्झेको रणनितिक चाल भित्र यो पनि पर्दछ । साकतेङ क्षेत्रको भारतको अरुणाञ्चल प्रदेश सँग सीमा जोडिन्छ र त्यसमा पनि चीनले दाबी गर्दै आएको छ । अरुणाचल प्रदेशको विस्तारका रूपमा बेइजिङले साकतेङलाई हेर्छ,” दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियालले बताइन् ।
भारतीय विश्लेषकहरूका अनुसार थुप्रै चरणमा वार्ताहरू भए पनि चीन उक्त क्षेत्रबाट फिर्ता हुन अस्वीकार गरिरहेको छ । भारतका छिमेकीहरूमा चीनको बढ्दो सैन्य र आर्थिक सामथ्य यसँग उस्ले कसरी जुध्ने निर्णय गर्छ भनेर निकट रूपमा हेरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार