भुटानको सर्वोच्च नागरिकको सम्मानबाट भारतीय प्रधानमन्त्री मोदी सम्मानित हुने

   २ पुष २०७८, शुक्रबार १७:५३  

एजेन्सी
थिम्पु, २ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिकको सम्मान बाट सम्मनित गरिने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिकको सम्मान दिने भुटानको प्रधानमन्त्री कार्यालयले औपचारिक रुपमा पुष्टि गरेको हो । भुटानको प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा जारी एक बयानमा उक्त कुरा उल्लेख गरिएको छ ।
महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान “नगादाग पेल गी खोरलो” द्वारा सम्मानित गरिने लागेको छ ।
महामहिमले आफ्नो सम्बोधनमा कुनै शर्त बिना छिमेकी देश प्रतिको माया, सदभाव एवं दोस्ती र विशेष रुपमा महामारीका बेला मद्दतका लागि गरिएका मोदीको सफल प्रयासको सराहना गर्दै उक्त सम्मान दिन लागिएको छ । भारतीय प्रधानमन्त्री मोदी यो सम्मानको पूर्ण योग्य छन् । भुटानका जनताको तर्फबाट उनलाई बधाई । समेत उक्त वयानमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै