के पाकिस्तान पनि अफगनिस्तान बन्ने बाटोमा छ ?

573 Shares

श्रीमननारायण
अफगानिस्तानमा हालैका घटनाहरु र पाकिस्तानमा तिनीहरुको नतिजाले प्रष्ट रुपमा देखाउँछ कि दुई देशरुलाई पिरोल्ने समस्याहरुलाई अलग गर्न सकिदैन । अफगानिस्तानमा तालिबानहरु सत्तामा फर्किएपछि यी दुई राजनीतिको प्रक्षेपण घनिष्ट रुपमा गाँसिएको छ भन्ने कुरा स्पष्ट भइसकेको छ । तालिबानको सफलतामा पाकिस्तानले महत्वपूर्ण भूमिका खेलेको थियो । अन्य कुराहरुका साथै तालिबान नेतृत्व, पाकिस्तानमा रहेर दुई दशक देखि अमेरिका र काबुल सरकारसंग लडिरहेका थिए । अफगानिस्तानमा सरकार गठनमा इस्लामावादको प्रभाव यति सम्म पनि देखिएको कि शीर्ष तालिबान नेता मुल्लाह अब्दुल घाली बारादारलाई पन्छाएर पाकिस्तानको शासन सत्तालाई मनपर्ने हक्कानी नेटवर्कका नेताहरुलाई महत्वपूर्ण विभागहरु बाँडफाट गरियो ।
पाकिस्तानको घरेलु राजनीतिक परिदृष्यमा अफगानिस्तानमा कडा शरिया कानुन लागु गर्ने उदेश्य सहित तालिबान विजयको प्रभाव पनि उत्तिकै महत्वपूर्ण छ । पाकिस्तानमा चरमपन्थी इस्तामी समुहहरु जुन विगत केही वर्षहरुमा तुलनात्मक रुपमा कम रहेको थियो, तालिबानको सफलताले धेरै प्रोत्साहन पाएको छ र पाकिस्तानका प्रमुख शहरहरुको सडक र अफगानिस्तानको सीमावर्ती आदिवासी क्षेत्रहरुमा सरकारको सामना गर्न पुन ः सक्रिय भएका छन् ।
हुनत पाकिस्तानमा धेरै इस्लामिक संगठनहरु सक्रिय छन् तर तिनीहरु मुख्य रुपमा दुई विचाराधारा समुहहरुमा विभाजित छन्, एउटा बरेलबी र अर्को देशबन्दी, बरेलबीहरुले भारतीय उपमहादीपमा लोकप्रिय इस्लामको प्रतिनिधित्व गर्दछन् जसले पैगम्बरको तर्फबाट मध्यस्थता स्वीकार गर्दछ र सुफी सन्तहरु र तिनीहरुका धार्मिक स्थल (मन्दिर) हरुको पुजा गर्दछन् जबकि देबबन्दीहरु अधिक शुद्धतावादी भएको दाबी गर्दछन् उनीहरुले आफनो कतिपय धार्मिक अभ्यासहरुलाई शीर्ककको रुपमा मान्ने गर्दछन् जसको अर्थ हुन्छ सोझै ईश्वरसंग अरुलाई जोड्नु हो । विगत केही समय यता देखि पेट्रोडलरको प्रवाह र पाकिस्तानका मदरसाहरुमा साउदीको आर्थिक सहयोगका कारण बहाबी कारणबाट धेरै प्रभावित देखिन्छ ।
अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा अन्तरर्रााष्ट्रिय सम्बन्धका प्रतिष्ठित प्रोफेसर मोम्मद अयुबको प्रकाशित लेखमा यस विषयमा गहिरो अध्ययन पश्चात तथ्यहरु प्रकाशित गरिएका छन् । हालसम्म नवदेबबन्दी विचाराधाराको कुनै न कुनै रुपमा पेश गर्ने समुहहरुले पाकिस्तानी राज्यलाई ठूलो चुनौति खडा गरेका थिए । यी मध्ये धेरै संगठनहरुलाई पाकिस्तानी आईएसआईले सन् १९८० को दशकमा अफगान जिहादमा भाग लिन र १९९० देखि भारत प्रशासित काश्मिरमा आतंकारी प्रोक्सीको रुपमा प्रयोग गर्नका लागि अस्तित्वमा ल्याएको थियो, पाकिस्तानको सहयोगमा अफगानिस्तानमा सन् १९९० को दशकमा तालिबान सत्तामा आउनुले पनि पाकिस्तानी सेनाको गणनालाई कमजोर बनायो ।
स्वायत शुद्धतावादी इस्लामवादी समुहहरु विशेष गरी अफगानिस्तानको पश्तुन बाहुल्य इलाकाहरुमा तैनात भए, उसको उदेश्य अफगानिस्तानको इस्लामिक इमिरेटसको नक्कल गर्न र तालिबानले लगाए जस्तै पाकिस्तामा पनि शरिया कानुनलाई कठोर रुपमा लागु गर्नु थियो । सन् २००७ मा यी मध्ये धेरै समुहरु मिलेर तहरिक ए तालिबान पाकिस्तान( टिटिपी) गठन गरे जसलाई पाकिस्तानी तालिबान पनि भनिन्छ ।
९।११ को घटनापछि वाशिंगटनले अलकायदा एवं तालिबान विरुद्धको अभियानमा सामिल हुन् जनरल परवेज मुशर्रफलाई बाध्य तुल्याएपछि टिटिसी गर्ने समुह सन् २००१ मा पाकिस्तानी राज्यको विरुद्धमा उत्रिए र तिनीहरुका पश्तुन भाईको विश्वासाघातको रुपमा यसलाई परिभाषित गरे । संदिग्ध अलकायदाहरुमाथि अमेरिकी, आक्रमण जसले स्थानीय पश्तुनहरुलाई धेरै संख्यमा मार्यो, सीमावर्ती भेगहरुमा थप कटरपन्थीहरुको संख्यामा वृद्धि गर्ने काम गर्यो । पाकिस्तानले सन् २००८ मा यसमाथि प्रतिबन्ध लगायो जबकि सन् २०१० मा यसलाई आतंकारी संगठन घोषणा गरेको थियो ।
अफगान तालिबानले पाकिस्तानमा शरण पाए जस्तै टिटिपी लडाकुहरुले अफगानिस्ताको तालिबान नियन्त्रित क्षेत्रमा आफनो निम्ति सुरक्षित स्थलको खोजी गर्न चाले । टिटिपी र सम्वद्ध समुहरु अरब अफगान, उज्बेक लडाकुहरु सहित स्वात उत्तर र दक्षिण वजिरिस्तानमा सशस्त्र बलहरुले ठूलो हमला गरेपछि पाकिस्ताी सेनासंग लडाई गरे तर टिटिपीर पाकिस्तानी सेनाबीचको बैमनस्य बद्दै गयो ।
तालिबान विजयले टिटिपी जस्ता समुहहरुलाई स्पष्ट रुपमा ग्याल्भेनाईज गरेको छ, जो सिमा पार आफ्नो भाईहरुको सफलताबाट उत्साहित भएका छन् साथै शरिया कानुनको कडा कार्यायन्वनको निम्ति आन्दोलनरत बेरेलवी समुहहरु र विशेष गरी पैगम्बरलाई देखाइको कुनै पनि अनादरको लागि कठोर रुपमा तहरिक ए लब्बैक पाकिस्तानको ब्यानर मुनी एक जुट भएको छन् । टिटिपीलाई पाकिस्तान सरकारले अपिल २०२१ मा देशको आतंकारी विरोधी कानुन अन्र्तगत दुरुपयोग हुदै आएको इशनिन्दा कानुनलाई झन् कठोरता पूर्वक लागु गर्ने सम्भावना थियो ।
फ्रान्सेली राष्ट्रपतिले पैगम्बर महम्दलाई नकारात्मक प्रकाशमा चित्रण गरेको कार्टुनको औचित्यको कारणले फ्रान्सेली राजदुतलाई निश्कासन गर्न माग गर्दै यसले इश्लामावादमा विशाल प्रदर्शन गरेको थियो ।
सरकारले नोभेम्बरको शुरुमा टिएलपीसंग गोप्य सम्झौतामा हस्ताक्षर ग¥यो फलस्वरुप यस समुहको दुई साता लामो बिरोध प्रदर्शनमा दर्जनौ पुलिस मारिए भने ठूलो आर्थिक क्षति पनि भयो । भनिन्छ पाकिस्तानी सेना प्रमुखको हस्तक्षेपबाट यो सम्झौता भएको हो । सम्झौताको विवरणहरु खुलासामा नगरिए पनि टिएलपीलाई एउटा समान्य राजनीतिक दलको रुपमा बैधानिकता प्रदान गर्ने र यसका नेताहरुलाई रिहा गर्ने विषयमा सहमति भईसकेको छ । यस्ताखाले सम्झौताले नै सरकारको सक्कली अनुहारलाई प्रदर्शित गर्ने गर्दछ । यर्थाथ्मा यसलाई समान्यता कटरपन्थी शाक्तिहरुको विजयको रुपमा व्याख्या गरिन्छ ।
यस्तो धारणा यस कारण पनि विकसित भएको हुन सक्दछ कि एकै साथ पाकिस्तानले घोषणा गरयो कि यो टिटिपी, अर्को प्रतिबन्धित संगठन, अफगान तालिबानको मध्यस्थता मार्फत युद्धविराममा पुगेको छ , जुन टिटिपी संग सम्बन्धित छ । वार्ता जारी रहदा युद्धविराम एक महिनासम्म चल्नेछ । यी वार्ताहरुको नतिजा पाकिस्तानी सेनाको सम्पतिमा आक्रमण नगर्ने प्रतिकाराको बदलामा टिटिपीलाई बैधानिकीकरण गर्नु सम्भावना छ । यी दुबै सम्झौताले पाकिस्तानमा नागरिक र सैन्य प्रतिस्थानहरु चरमपन्थी इस्लामी दबाबको अगाडि मौन भएका र कटरपन्थी समुहलाई राजनीतिक प्रणालीमा ठूलो स्थान र बैधता दिईरहेको छन् भन्ने संकेत गर्दछ ।
पाकिस्तान सरकारद्धारा हालै टिटिपी र टिएलपीको मागहरुको सामु समर्पन देखाउनुलाई अफगानिस्तानमा तालिबानको जीतको एक अंशमा श्रेय दिन सकिन्छ । अहिले पाकिस्तानको निम्ति तालिबानसितको सम्बन्धमा बाघको सवारी सावित भइरहेको छ न त यसबाट ओर्लन सकिन्छ न त बढी लामो समय सम्म सवारी नै गर्न सकिन्छ । कतै पाकिस्तान पनि अब अफगानिस्ताकै बाटोमा हिडिरहेको त छैन भन्ने अशांका पनि बनेको छ ? बबुलको विरुवा रोप्नेले आँप खाने सपना कसरी देख्न सक्दछ ?

प्रतिक्रिया

सम्बन्धित समाचार