एतिहासिक नेपाल–तिब्बत सम्बन्ध संकटमा

   ७ पुष २०७८, बुधबार १२:१९  

श्रीमननारायण
हिमाल पारीको छिमेकी मुलुक चीन संग नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको पुरानो छ । चीन सँग नेपालको कूटनीतिक सम्बन्ध कायम भएको करिव ६ दशक हुन लागेको छ । दुबै देश विचको सम्बन्धलाई बलियो बनाउने आधार नेपाल–तिब्बत विचको गहिरो एवं प्रगाढ साँस्कृतिक सम्बन्ध अत्यन्तै महत्व राखेको छ । चीनको स्वशासित क्षेत्रको रुपमा रहेको तिब्बत संगको १४०० किलोमिटर लामो सिमा संग जोडिएको छ । सन् १९५०÷१९५१ मा चीन अधिन आउनु अघि सम्म तिब्बत एउटा स्वतन्त्र र गौरवशाली इतिहास बोकेको स्वतन्त्र राष्ट्रको रुपमा थियो ।

नेपाल–चीन सांस्कृतिक सम्बन्धमा धेरै कुराहरु हुने गर्दछ, बौद्ध धर्म संस्कृतिबारे चर्चा अवश्य पनि हुने गर्दछ तर तिब्बतसित नेपालको घनिष्ठ सांस्कृतिक सम्बन्धबारे चर्चा भइरहेको पाइदैनन । यसलाई अर्कोरूपमा विश्लेषण गर्ने हो भने चीनले नेपालसँग सम्बन्धको कुरा गर्दा तिब्बत सँग नेपालको ऐतिहासिक सम्बन्धको कुरा गर्दैन । सीधै चिनियाँ विश्व दृष्टिमा तालमेल गरीकन भृकुटीलाई पनि सोही रूपमा चिनाउन खोज्छ, अर्थात् चीन विगतमा तिब्बत छुट्टै देश थियो भन्ने कुनै सङ्केत गर्न चाहँदैन । चीनले नेपालसँग जसरी व्यवहार गर्न खोजे पनि चीनलाई नेपालले विगतमा तिब्बत सँग कस्तो सम्बन्ध थियो भन्ने कुरा बुझाउन सक्नुपर्दछ । यसले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पु¥याउने छ ।

फ्रान्सेली इतिहासकार सिल्भा लेवीतो भृकुटीबारे कलम चलाउनु भन्दा पहिले नेपालकी छोरीको विवाह तिब्बती सम्राट्सँग भएको हो भन्ने कुरा नेपालमा शायद कसैलाई ज्ञान पनि थिएन । ईसाको सातौं शताब्दीमा तिब्बतका राजा स्रङ्चङ् गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको विवाह भएको थियो । विवाह पश्चात् नेपालकी राजकुमारी भृकुटीसँग तिब्बत पुगेका बौद्धमार्गी, कलाकार, धर्मगुरु आदिले तिब्बतमा बौद्ध धर्म प्रवद्र्धन गर्न ठूलो भूमिका निर्वाह गरेका थिए ।

तिब्बत–नेपाल सांस्कृतिक सम्बन्धलाई स्वीकार गर्न नचाहनेहरू त राजकुमारी भृकुटीलाई लिच्छवि राजा अंशुवर्माकी छोरी नमानी अंशुवर्माको मृत्युपश्चात् तिब्बतमा शरण लिन पुगेका उदयदेवकी छोरी साबित गर्न उद्यत देखिन्छन् । नेपालले राजकुमारी भृकुटीलाई राष्ट्रको विभूति मानेर गौरव गर्दै आएको छ त्यसबारे चीनको अनभिज्ञताले हामीलाई यस दिशामा थप प्रेरित भएर अध्ययन– अनुसन्धान गर्न उत्साही गरिरहेको छ । राजकुमारी भृकुटीको तिब्बतसँग सम्बन्ध बौद्ध धर्मको प्रवद्र्धनमा उनको भूमिका र नेपाल–तिब्बत–चीन सम्बन्धको विकासमा उनको योगदानबारे चीनको नयाँ पीढीलाई अवगत गराउनु हाम्रो कर्तव्य हो ।

तिब्बत–नेपाल सांस्कृतिक सम्बन्धलाई स्वीकार गर्न नचाहनेहरू त राजकुमारी भृकुटीलाई लिच्छवि राजा अंशुवर्माकी छोरी नमानी अंशुवर्माको मृत्युपश्चात् तिब्बतमा शरण लिन पुगेका उदयदेवकी छोरी साबित गर्न उद्यत देखिन्छन् । नेपालले राजकुमारी भृकुटीलाई राष्ट्रको विभूति मानेर गौरव गर्दै आएको छ त्यसबारे चीनको अनभिज्ञताले हामीलाई यस दिशामा थप प्रेरित भएर अध्ययन– अनुसन्धान गर्न उत्साही गरिरहेको छ । राजकुमारी भृकुटीको तिब्बतसँग सम्बन्ध बौद्ध धर्मको प्रवद्र्धनमा उनको भूमिका र नेपाल–तिब्बत–चीन सम्बन्धको विकासमा उनको योगदानबारे चीनको नयाँ पीढीलाई अवगत गराउनु हाम्रो कर्तव्य हो ।

हामीले तिब्बतसँग सांस्कृतिक, धार्मिक एवं राजनीतिक नाता बिर्सेका छौं । नेपाल बुद्ध जन्मेको देश हो भनेर दाबी गरेर मात्रै हुँदैन । बौद्ध धर्म, संस्कृतिको विकास एवं विस्तारमा हाम्रो भूमिका कस्तो रह्यो ? बौद्ध धर्म–संस्कृतिको इतिहास बोकेको देश र समाजसित हाम्रो सम्बन्ध एवं व्यवहार कस्तो छ ? यस्ता कुरा पनि महत्वपूर्ण हुन जान्छ । नेपालले ‘एक चीन नीति’ लाई समर्थन गर्दै आएको छ । तर इतिहासका गौरवशाली गाथा एवं सम्बन्धका आधार स्तम्भ तथा धरातललाई कहिल्यै पनि बिर्सन सकिंदैन । तिब्बतसित नेपालको घनिष्ठ बहुआयामिक सम्बन्ध रहिआएको छ ।

सन् १९५०–५१ मा चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिनुभन्दा अघिसम्म चीनसित नेपालको प्रत्यक्ष सम्बन्ध थिएन । तिब्बत चीनको अधीनमा आएपछि मात्रै नेपालको सिमाना चीनसँग जोडिन पुगेको हो । तिब्बतलाई आफ्नो नियन्त्रणमा लिने क्रममा चीनले नेपालका पनि कतिपय भूभाग आफ्नो नियन्त्रणमा लिएको दाबी नेपालका र कतिपय विदेशी इतिहासकारहरूले दाबी गरेको छ । त्यस अघि अनुल्लङ्घनीय हिमाली शृङ्खला र त्यसदेखि उत्तरको हिमालको किनारसम्म नेपालको सिमाना फैलिएको थियो । हिमालपारिको नेपाली भूभाग टिङ्गरी मैदान त्यस्तो क्षेत्र हो जहाँ नेपालीहरू भेडा च्याङ्ग्रा र चौरी चराउने गर्दथे । तिब्बतको पूरानो नाम भोट हुनु र नेपालका कतिपय जनजातिलाई भोटे अथवा भुटिया भन्ने चलन हाल यताका केही वर्षहरूसम्म रहिरहनुले पनि नेपाल तिब्बत सम्बन्धलाई दर्शाउँछ ।

कुनै बेला तिब्बत उपर नेपालको यति प्रभाव थियो कि तिब्बतमा नेपालकै मुद्रा चलनचल्तीमा थियो । ल्हासाको मुख्य व्यापार नेपाल मार्फत हुने गर्दथ्यो । थुप्रै नेपालीहरूले ल्हासामा आफ्नो व्यापारिक प्रतिष्ठान खडा गरेका थिए । तिब्बतसँग नेपालले राजा पृथ्वीनारायण शाह तथा राणा प्रधानमन्त्री जङ्गबहादुरको पालामा युद्धसमेत लड्नुपरेको थियो । थापाथली र वेत्रावत्री सन्धि पनि युद्धकै उपज थियो । इतिहासकार बालचन्द्र शर्माले आफ्नो पुस्तक ‘नेपालको ऐतिहासिक रूपरेखा’ मा उल्लेख गरे अनुसार भोट अथवा तिब्बत प्राचीनकाल देखि नै मुद्राको निम्ति नेपालको मुखापेक्षी थियो ।

भोटको बजारमा उपत्यकाका मल्ल राजाहरूकै मुद्राको प्रचलन भएकोले यसले नेपाल उपत्यकामा राणाहरू र नेपाली व्यापारीहरूको पनि लाभ थियो । उपत्यकामा आफ्नो अधिकार भएपछि राजा पृथ्वीनारायण शाहले भोटे बजारमा पनि आफ्नो मुद्रा प्रचलन गर्न खोजेका थिए जसलाई तिब्बतका शासक र जनताले मन पराएन । सम्भवतः पृथ्वीनाराण शाह उपत्यकामा आफूले अधिकार जमाएको कुराको औचित्य भोटद्वारा पनि स्वीकृत गराउन चाहन्थे जुन भोटका लामाहरूलाई मन परेन र युद्ध लड्ने अवस्थासमेत सृजना भयो ।

तिब्बतसित नेपालको राजनीतिक सम्बन्ध रहिआएको कुरा यथार्थ हो । आखिर तिब्बतमा बौद्ध धर्म संस्कृतिको निरन्तर विकास भएमा यसबाट नेपाललाई पनि लाभ हुनेछ । चीनले दलाई लामालाई अलग्गै राखेर तिब्बति बौद्ध धर्मलाई प्रवद्र्धन गर्न खोजिरहेको देखिन्छ । उच्च चिनियाँ नेताले तिब्बती बौद्ध धर्मले समाजवादी दर्शनलाई समेत अङ्गीकार गर्ने बताएका थिए । हुन पनि बहुलताको सट्टा एकरूपतामा विश्वास गर्नेहरूले यस्तो तर्क दिनु अस्वाभाविक होइन । आठौं शताब्दीको उत्तरार्धतिर तिब्बती साम्राज्य उत्कर्षमा पुग्दा तत्कालीन सम्राटले सन् ७७९ मा बैद्ध धर्मलाई राज्यको आधिकारिक धर्मको मान्यता नै दिएका थिए । तत्कालीन सम्राट्को नियन्त्रणमा भिक्षु शान्तरजित बौद्ध धर्म प्रवद्र्धनका लागि सन् ७६३ मा पहिलोपटक तिब्बत पुगेका थिए । भनिन्छ उनकै सहयोगमा तिब्बतमा पहिलो बौद्ध गुम्बा निर्माण गरिएको थियो ।

भारतको गुप्त तथा पाल राजाहरूले पाँचौं शताब्दीमा स्थापना गरेका बौद्ध विश्वविद्यालयको पुस्तकालय तथा ग्रन्थहरू नै तिब्बतमा पनि प्रयोगमा थियो । नालन्दा विश्वविद्यालयबाट ६ सय भन्दा बढी हस्तलिखित तथा साढे ६ सय जति पुस्तक लिएर चिनियाँ विद्वान् स्वान च्वाङ् सातौं शताब्दीमा तिब्बत पुगेका थिए । संस्कृत भाषाका ग्रन्थहरूलाई तिब्बती भाषामा अनुवाद गर्ने काम भारतीय तिब्बती तथा चिनिया हान भिक्षु विद्वान्हरूले गरेका थिए । यसरी भारत, नेपाल र तिब्बतको साझा सहयोग समन्वय एवं सद्भावबाट नै यहाँ बौद्ध धर्म, संस्कृतिको विकास भएको थियो ।

चिनियाँ बुद्ध धर्मावलम्बीहरूका लागि नेपाल गन्तव्य बन्न सक्दछ । यसको निम्ति हामीले आवश्यक पूर्वाधारको तयारी गर्नु आवश्यक छ । नेपाल–तिब्बत र नेपाल– चीन सम्बन्धबारे नागरिकलाई व्यापक जानकारी गराइनु आवश्यक छ । चीनमा विगत साढे सात दशकदेखि कम्युनिस्ट पार्टीको शासन रहेको छ । कम्युनिस्ट शासकहरू एकता होइन, एकरूपतामा विश्वास राख्छन् । नारामा समरूपताको कुरा गरेपनि व्यवहारमा भने एकरूपता नै मन पराउँछन् । एउटै हान जाति र एउटै ताओ धर्मको मान्यतामा विश्वास राख्ने चीनको कम्युनिस्ट सरकार बहुलवाद स्वीकार गर्न सक्दैन ।

नेपालमा लुम्बिनीको विकासको निम्ति उसले देखाएको चासो बौद्ध धर्म र संस्कृतिको विकासभन्दा पनि भारतको ठूलो बजारतिर उसको अर्जुनदृष्टि छ । चीन जस्तो विश्वको उदाउँदो शक्तिशाली राष्ट्र सित सुमधुर सम्बन्ध बनाउनुको विकल्प छैन । हामी मित्र फेर्न सक्छौं तर छिमेकी रोज्न सक्दैनौं । चीनले गरेको आर्थिक प्रगतिबाट हामीले शिक्षा लिनुपर्दछ तर तिब्बतसितको हाम्रो सांस्कृतिक सम्बन्धको पनि चर्चा हुन आवश्यक छ । नेपाल एउटा सार्वभौम सम्पन्न लोकतान्त्रिक देश हो । यहाँ लोकतन्त्र र मानव अधिकारमाथि विश्वास राख्नेहरूको सम्मान हुनु स्वाभाविक हो साथै लोकतन्त्र र न्यायको पक्षमा लागेकाहरू प्रति हाम्रो सद्भाव पनि हुन आवश्यक छ । नेपाल तिब्बत सम्बन्धको सकारात्मक चर्चाले नेपाल–चीन सम्बन्ध पनि बलियो हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै