www.zoom.us/support/download zoom download center zoom zoom meetings download app zoom app facebook downloading zoom app zoom login online india

कराँचीको नारायणपुरा सेक्टरमा अतिवादीद्धारा दुर्गा मन्दीरलाई तोडफोड गर्ने प्रयास

   ८ पुष २०७८, बिहीबार १४:१९  

एजेन्सी
कराँची ÷ पाकिस्तानी शहरी कराँचीको नारायणपुरा सेक्टरमा हिन्दुहरुको आस्थाको प्रतिक रहेको दुर्गा मन्दीरलाई निशाना बनाई तोडफोड गर्ने प्रयास गर्दा अवस्था तनावपुर्ण बन्यो ।
कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा गत सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बन्न पुगेको हो । सो कार्यको बिरोधमा मंगलवार कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो । उनीहरुले आरोपीहरुलाई सजाय दिन माग गरेका छन् ।
पटक पटक पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदाय एवं धर्ममाथि आक्रमण हुँदै आएको छ । उक्त कार्यको विरोधमा हिन्दु समुदायको महिला एवं पुरुषहरुले अब उपरान्त त्यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरुले माग गरेका छन् । उता पक्राउ परेका युवकलाई कराँची स्थित सिटी कोर्टले १४ दिनका लागि पूर्पक्षका लागि कारागार पठाएको छ ।
मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दूहरु आक्रोशित बनेका छन् । उनीहरु प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप लगाएको छ । अहिले सम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन् । स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरुले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन् । पाकिस्तानमा पछिल्लो समय हिन्दूहरुमाथिको आक्रमणमा वृद्धि भएको छ ।
२२ महिनामा हिन्दू मन्दिरमा भएको यो ९ औं आक्रमण हो । घटनाले सांप्रदायीक हिंसा भड्न सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै