श्रोत साधन हुँदा हुँदै पनि नापाक हर्कतको कारण पाकिस्तान कहिल्यै पनि आर्थिक उन्नती गर्न सकेनन्

   ९ पुष २०७८, शुक्रबार १३:२१  

एजेन्सी
केही जन्मजात रुपमा एक अर्काको विरोधी बन्दछ, तर आफनो मुल घरबाट अलग भएका व्यक्ति होस वा कुनै राष्ट्र किन नहोस यसरी विरोध गरेको दक्षिण एशियामा सायद भेटाउनु हुन्छ । यस्तै भएछ भारतबाट निस्किएको पाकिस्तानको हविगत, जतिखेर पनि भारतकै विरोध एवं खेदो खन्नमा आफनो सबै शक्ति केन्द्रीत गरेको छ, चाहे उसको आर्थिक अवस्था जतिकै चरमराएको किन नहोस विरोध गर्न छाड्दैनन्, उसको लागि दिनचर्या नै विरोध गर्नेमा वित्छन् ।
सधैं भारतको खेदो खन्ने र उनलाई आफ्नो जन्मजात शत्रु मान्ने पाकिस्तान भने आफना शहर र जनताप्रति रत्तिभर चिन्तित देखिदैनन् । अनेकौ आतंकवादी संगठनहरुलाई पनाहगार एवं पाल्ने र उत्पादन गर्ने राष्ट्र भनेर पनि चिनिने पाकिस्तानको ध्यान शिक्षा र विकासमा कहिलै केन्द्रित हुन सकेनन । यसका विभिन्न उदाहरणहरु छन । बलुचिस्तान राज्यको ग्वादर शहर त्यस्तै एक उदाहरण मध्ये एक हुन ।
स्थापना कालदेखि नै आफ्नो आतंकी मानसिकता बाट ग्रसित भएकै कारण देशको मानव विकास सुचकाङ्क वरिपरीका कयौं साना मुलुक संगको तुलनामा निकै तल छ । यसको प्रमुख कारण उसको पटक पटकको युद्ध मानसिकता, राजनीतिक उथल पुथल र आतंकवादी क्रियाकलापमा प्रत्यक्ष संलग्नता नै हो । उसकै शोसन र दमन असह्य भएर उ संगै छुट्टिएको बांगलादेश अहिले आफनो समृद्धशीला स्थापित गरिसकेको छ । जहिले पनि कश्मिर बिवादले विश्व आतंकको जड़ स्थापित गरेको छ । भारत संगको सिमानामा दिनहुँ गोलिवारी गर्दैमा रमाएको पाकिस्तान आफ्नो अर्थतंत्रलाई चीन समक्ष बन्धक राख्नुपर्ने अवस्थामा पुग्न लागिसकेको छ । कुनै समयका चर्चित क्रिकेट खेलाडीबाट क्रान्तिकारी राजनेता बन्ने प्रयासमा रहेका वर्तमान प्रधानमंत्री ईमरान खानले अनेकन तमाशा गरेर पनि राष्ट्र माथिको ऋणभारलाई घटाउन नसकिने त्यहाँका जनताहरु बुझिसकेको छ ।
केही दिन पहिले “पाकिस्तानमा ग्वादरको रिट्रोसेसनको टप वर्ष उपलब्धिहरू, सम्भावनाहरू, र चुनौतीहरू” शीर्षकको वेबिनारको आयोजन गरियो । आयोजक संस्थाहरु, नेशनल इन्स्टिच्युट अफ मेरिटाइम अफेयर्स (एनआईएमए) र सेन्टर फर स्ट्र्याटेजिक एण्ड कन्टेम्परेरी रिसर्च (सिएससिआर) सँगको सहकार्यमा नीति अध्ययन (आईपिएस), इस्लामाबाद ले संयुक्त रुपमा ग्वादर को विकासमा भएको उपेक्षाहरु प्रति केन्द्रित भई बोल्नका लागि पाहुनाहरु आमंत्रण गरेका थिए । जसमा ग्वादरका विधायक कौडा बाबरले पनि राज्यको शासन संकटले नै बलुचिस्तानका अन्य शहरहरु सहित ग्वादर पनि विकासक मापदण्डमा पछि परेको बताए ।
वक्ताहरुले पाकिस्तानमा शासन संकट यसको स्थापनाकाल देखि नै रहदै आएको स्वीकार गरेका छन जसबाट अछुतो ग्वादर पनि हुन सकेन । यद्यपि, वक्ताहरुले ग्वादरका जनतालाई सीप विकास, डिजिटल कनेक्टिभिटी, खाद्य सुरक्षा, विद्युत उत्पादन र खानेपानीको व्यवस्था सम्बन्धी संचालन हुन लागेको धेरै विकास परियोजनाहरूको लाभ अब प्राप्त हुने आशा राखेका छन । ग्वादर एक समुंद्र छेउको शहर हो जुन बन्दरगाह सञ्चालनका लागि अति उपयुक्त हुने बताईएको कुरो पाकिस्तान बाटै अपरेट हुने “द न्युज डट कम“ ले लखेको छ ।
उक्त कार्यक्रममा कमोडोर (सेवानिवृत्त) डा अन्जुम सरफराजले यस क्षेत्रमा ट्रान्सशिपमेन्ट हबको रूपमा ग्वादरको सम्भावनाको बारेमा प्रकाश पारे । उनले ग्वादर बन्दरगाह चीन, अफगानिस्तान, मध्य एसियाली गणतन्त्र (सीएआर) को पारवहन व्यापार ह्यान्डल गर्न र ट्रान्सशिपमेन्ट हबको रूपमा काम गर्न निर्माण गरिन सकिने बताए ।
सम्भावना अनेक रहेपनि पाकिस्तानको ध्यान कश्मिरमा आतंकवादी गतिविधि, अफगानिस्तानमा तालिवानी शासन, चीनिया सरकारलाई खुशी पार्ने तरिकाहरुमा बढि केंद्रित हुनु नै उसको पछौटेपनाको कारकतत्व हुन । जसबाट उ कहिल्यै उम्कन सक्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै